१२ बैशाख २०८१, बुधबार | April 24, 2024

निषेधाज्ञामा रेमिट्यान्स कारोबार सुचारु गर्न राष्ट्र बैङ्कको परिपत्र जारी, रेमिट्यान्स कारोबार नरोकिने



काठमाडौं । नेपाल राष्ट्र बैङ्कले निषेधाज्ञाको समयमा  रेमिट्यान्स कारोबार सुचारु राख्न निर्देशन दिएको छ । शुक्रबार राष्ट्र बैङ्क विदेशी विनिमय विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले  परिपत्र जारी गर्दै सबै रेमिट्यान्स कम्पनीलाई स्थानीय प्रशासनको निषेधाज्ञालाई पालना हुनेगरी कारोबार सूचारु राख्न निर्देशन दिएका हुन् ।

राष्ट्र बैङ्कले निर्देशन दिएसँगै रेमिट्यान्स कम्पनीहरुले समेत आफ्नो कारोबार बन्द गर्न नपाउने भएका हुन् । राष्ट्र बैङ्कले जारी गरेको परिपत्रमा विदेशमा कार्यरत नेपाली नागरिकले नेपाल पठाएको विप्रेषण उनीहरुका आफन्तलाई भुक्तानी गर्न नसक्दा विप्रेषणबाट घरव्यवहार चलाउनुपर्ने नागरिकलाई अप्ठ्यारो पर्नसक्ने देखिएकोले निषेधाज्ञा आदेश अवधिभर विष्रेषणसम्बन्धी सेवा उपलब्ध गराउन भनिएको छ ।

परिपत्रमा सेवा सुचारु गर्दा निश्चित समयका लागि आलोपालो प्रणालीमा न्यूनतम कर्मचारीबाट विप्रेषणको भुक्तानी व्यवस्था मिलाउन, सम्भव भएसम्म बैङ्कबाट भुक्तानी हुने वातावरण बनाउन तथा भीडभाड नगरी स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न समेत भनिएको छ । परिपत्रमा रेमिट्यान्स कम्पनीहरुलाई सेवा सुचारु गर्ने सम्बन्धमा स्थानीय प्रशासनसँग नै समन्वय गर्न समेत सुझाइएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ४ : ११ बजे

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने

आसन्न महाधिवेशन कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि हो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल