२१ माघ २०८२, बुधबार | February 4, 2026

डिजिटल प्रविधिमा फड्को मार्दै सनराइज बैंक, महिलालाई प्रविधिमैत्री बनाउन सनराइज नारी बचत खाताको सुरुवात



काठमाडौं । डिजिटल प्रविधिमा फड्को मार्दै नयाँ नयाँ सेवा सुविधाहरु प्रदान गर्दै अघि बढेको सनराइज बैंकले महिलालाई प्रविधिमैत्री बनाउले उद्देश्य स्वरुप सनराइज नारी बचत खाता सुरुवात गरेको छ ।

बैंकले तीजको विशेष अवसर पारेर सुरुवात नारी बचत खाताको सुरुवात गरेको हो । नारी बचत खाताले महिलाहरुको सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ।

चाडबाडको मौसमलाई मध्यनजर गर्दै बैंकले उक्त खाता शुन्य मौज्दातमा खोल्न सकिने व्यवस्था ल्याएको हो । साथै बैंकले पहिलो वर्ष निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ्ग र निःशुल्क डिम्याट खाता, लकर चार्जमा ५० प्रतिशत छुट र केही गर्ने उद्देश्य राखेका महिलाहरुलाई प्रोत्साहन पुगोस् भनी कर्जा लिदाको प्रक्रियागत खर्चमा विशेष छुटको व्यवस्था समेत गरेको छ ।

साथै महिलाहरुले डिजिटल भुक्तानी गर्दा भुक्तानी रकमको १० प्रतिशत वा रु २,००० सम्मको क्यास व्याक दिने व्यवस्था समेत बैंकले गरेकोे छ । विभिन्न स्वास्थ्य बीमा समेत समावेश रहेको उक्त खाता हाल यस लकडाउनको अवस्थामा ग्राहकहरुले घर बसीबसी अनलाइनबाट खोल्न सकिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  ९ : ३१ बजे

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य

रुपन्देहीमा चिनियाँ र मलेसियन लगानीकर्ताको चासो, फोहोर प्रशोधनदेखि निर्यातमुखी उद्योगसम्म लगानी गर्न तयार

बुटवल । चीन र मलेसियाका लगानीकर्ताले रुपन्देहीलाई केन्द्र बनाएर सञ्चालन

निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन

साफ महिला च्याम्पियनसिप : भारतद्वारा भुटान पराजित

कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल