४ पुस २०८२, शुक्रबार | December 19, 2025

डिजिटल प्रविधिमा फड्को मार्दै सनराइज बैंक, महिलालाई प्रविधिमैत्री बनाउन सनराइज नारी बचत खाताको सुरुवात



काठमाडौं । डिजिटल प्रविधिमा फड्को मार्दै नयाँ नयाँ सेवा सुविधाहरु प्रदान गर्दै अघि बढेको सनराइज बैंकले महिलालाई प्रविधिमैत्री बनाउले उद्देश्य स्वरुप सनराइज नारी बचत खाता सुरुवात गरेको छ ।

बैंकले तीजको विशेष अवसर पारेर सुरुवात नारी बचत खाताको सुरुवात गरेको हो । नारी बचत खाताले महिलाहरुको सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ।

चाडबाडको मौसमलाई मध्यनजर गर्दै बैंकले उक्त खाता शुन्य मौज्दातमा खोल्न सकिने व्यवस्था ल्याएको हो । साथै बैंकले पहिलो वर्ष निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ्ग र निःशुल्क डिम्याट खाता, लकर चार्जमा ५० प्रतिशत छुट र केही गर्ने उद्देश्य राखेका महिलाहरुलाई प्रोत्साहन पुगोस् भनी कर्जा लिदाको प्रक्रियागत खर्चमा विशेष छुटको व्यवस्था समेत गरेको छ ।

साथै महिलाहरुले डिजिटल भुक्तानी गर्दा भुक्तानी रकमको १० प्रतिशत वा रु २,००० सम्मको क्यास व्याक दिने व्यवस्था समेत बैंकले गरेकोे छ । विभिन्न स्वास्थ्य बीमा समेत समावेश रहेको उक्त खाता हाल यस लकडाउनको अवस्थामा ग्राहकहरुले घर बसीबसी अनलाइनबाट खोल्न सकिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  ९ : ३१ बजे

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता