२४ मंसिर २०८२, बुधबार | December 10, 2025

बेनी–जोमसोम–कोरला सडक खण्ड : काभ्रेभीरमा सुख्खा पहिरो खस्दा सडक मर्मतको काम अवरुद्ध



म्याग्दी । विगत डेढ महिनादेखि अवरुद्ध बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको दाना खण्डको काभ्रेभीरमा सुख्खा पहिरो खस्दा सडक मर्मतको काम अवरुद्ध भएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका— ३ मा पर्ने काभ्रेभीरमा शुक्रवार सडक मर्मतका लागि विष्फोटक पदार्थ प्रयोग गर्दा माथिबाट एक्कासी ठूलो सुख्खा पहिरो खस्दा उपकरणमा क्षति पुग्नुका साथै सडक मर्मतको काम समेत अवरुद्ध बनेको बेनी–जोमसोम–कोरला सडकखण्डका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए ।

‘धमाधम सडक मर्मतको काम हुँदै थियो’, उनले भने, ‘भीरबाट एक्कासी ठूलो सुख्खा पहिरो झर्न थालेपछि भागाभाग भयो ।’ पहिरोले कुनै मानवीय क्षति नभएपनि सडक मर्मतमा प्रयोग हुँदै आएका उपकरणमा क्षति पुगेको उनले बताए । सुपरभाइजर शेरचनका अनुसार भीरमा विष्फोटक पदार्थ प्रयोगका लागि करीब ३० वटा होल खोलिसकेको अवस्थामा पहिरो खस्दा पाइपलगायत अन्य उपकरणमा क्षति पुगेको छ ।

माथिबाट पहिरो खस्न थालेपछि आफूलगायत सडक मर्मतका लागि खटिएका अन्य ६ जना व्यक्ति सुरक्षित स्थानतर्फ भागेको उनले बताए । उनले भने, ‘मुस्किलले ज्यान जोगाउन सफल भयौं, पानीको छहरा भित्र घुसेर काम गर्नु पर्छ, कतिबेला पहिरो खस्छ थाहा नै हुँदैन ।’

अवरुद्ध सडक आइतबारसम्म सिधा सञ्चालन गर्ने प्रयास भएपनि पहिरो खस्ने क्रम नरोकिएकाले समस्या भएको उनले बताए । पहिरोले कालीगण्डकी नदीमा भने कुनै असर नगरेको उनले बताए । डेढ महिनादेखि सडक अवरुद्ध हुँदा मुस्ताङ र उत्तरी म्याग्दीका वासिन्दालाई निकै सास्ती भएको छ । रासस

प्रकाशित मिति : ६ भदौ २०७७, शनिबार  ६ : ३१ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल