२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बाँकेमा संक्रमितको तुलनामा डिस्चार्ज हुने संख्या बढी



नेपालगन्ज । स्थानीय प्रशासनले सेना परिचाल गर्दै निषेधाज्ञा कार्यान्वयन गरेयता बाँकेमा कोरोना संक्रमित थपिएको तुलनामा डिस्चार्ज हरनेको संख्या बढी देखिएको छ ।

निषेधाज्ञा हटाईएपनि प्रहरी प्रशासन र सामाजिक संस्थाहरुको निरन्तर निगरानी कारण बाँकेमा संक्रमित थपिने संख्याको तुलनामा संक्रमण मुक्त हुनेको संख्या बढ्दै गएको आंकलन गरिएको छ ।

शुक्रबार ५१ जनालाई आईसोलसन अवधि पुरा गराएर घर पठाएको स्थानीय प्रशासनले शनिबार बिहान थप २१ जनालाई कोरोना मुक्त घोषणा गर्दै घर पठाएको छ ।

शुक्रबारसम्म बाँकेदेखि बाहिरी जिल्लाका समेत गरी जिल्लामा ८११ जनालाई कोरोना संक्रमण देखिएकोमा ५ सय ६८ जना संक्रमणमुक्त भई डिस्चार्ज भईसकेका छन ।

शनिबार ८ जना महिला सहित १३ जना पुरुष कोरोना मुक्त भएर घर फर्कदैं गरेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका जानकारी दिए । संक्रमण पुष्टि भएपछि उनीहरुलाई गत साउन २४ गते आईसोलेशन सेन्टरमा भर्ना गरिएको थियो ।

आइसोलेशनमा राखिएको १४ दिनपछि कोरोनाको लक्षण नदेखिएका व्यक्तिहरुलाई डिस्चार्ज गर्न लागिएको श्रेष्ठले बताए ।

बाँकेका विभिन्न आईसोलेशन सेन्टरमा अझैं पनि २३५ जनाको उपचार भईरहेको छ ।

बाँकेमा ८०७ जनामा संक्रमण पुष्टि भएकोमा ४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ६ भदौ २०७७, शनिबार  ९ : ३७ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ