१३ भदौ २०८३, शनिबार | August 29, 2026

पार्टीका उम्मेदवार विरुद्ध अन्तरघात गर्नेलाई समयमै कारबाही हुन्छ : अमर सिंह पुन



नेपालगन्ज । । नेपाली कांग्रेसको तर्फबाट बाँके क्षेत्र नम्बर ३ का उम्मेदवार अमर सिंह पुनले कांग्रेसका उम्मेदवार विरुद्ध अन्तरघात गर्नेलाई पार्टीले नजोगाउने बताएका छन् । जानकी गाउँपालिकाको मानपुरमा भएको चुनावी सभामा बोल्दै पुनले पार्टीका उम्मेदवार विरुद्ध अन्तरघात गर्नेलाई समयमै कारबाही हुने बताए । बाँकेमा देउवा पक्षका कांग्रेस कार्यकर्ताहरुबाट अन्तरघात हुन सक्ने चर्चा चलेसँगै पुनले कारवाहीको चेतावनी दिएका हुन् ।

उनले नेपालको लोकतन्त्रलाई बलियो बनाउनको लागि नेपाली कांग्रेसलाई आसन्न प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्न अनुरोध गरे । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति समेत रहेका पुनले देशमा संकटपूर्ण अवस्थाको सृजना भएको बेला देशलाई सही बाटोमा लैजान सक्ने पार्टी कांग्रेस भएको बताए । समय सापेक्ष जनभावनालाई सम्बोधन गर्ने संकल्पसहित कांग्रेस चुनावी मैदानमा होमिएको भन्दै पुनले पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी गराउन अपिल गरे । उनले भने, ‘यस पटक सबैले उम्मेदवार बन्ने अवसर पाउनुभएको छैन । भोलिका निर्वाचनमा अरुले त्यो अवसर पाउनुहुनेछ । कांग्रेसका उम्मेदवार विरुद्ध अन्तरघात गर्नेलाई पार्टीले जोगाउने छैन । पार्टीका उम्मेदवार विरुद्ध अन्तरघात गर्नेलाई समयमै कारबाही हुन्छ ।’

स्वर्गीय सुशील कोइरालाको नेतृत्वमा जारी भएको संविधानलाई थप परिस्कृत गर्दै आम जनताले चाहेको समृद्धिको लागि काम गर्ने प्रतिवद्धतासहित कांग्रेस निर्वाचनमा होमिएको उनले बताए । नेपालको राजनीतिक स्थिति र व्यवस्था खतरामा रहेको बताउँदै पुनले संविधानलाई बचाउँदै स्वर्गीय सुशील कोइरालाले देखेको सपनालाई पूरा गर्नको लागि कांग्रेसलाई मत हाल्न आम जनतालाई अनुरोध गरे । सुशासन र समृद्धिको लागि कांग्रेसले आफनो प्रतिज्ञा(पत्रमार्फत धारणा सार्वजनिक गरिसकेको बताउँदै पुनले हरेक वर्ग र समुदायका जनताले गर्व गर्ने नेपाल बनाउने प्रतिवद्धता गरे ।

कार्यक्रम नेपाली काँग्रेस बाँकेका कार्यवाहक सभापति गोपाल प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो । सभालाई काँग्रेस सभापति गगन कुमार थापा, उपसभापति पुष्पा भुसाल, लुम्बिनी प्रदेश सभापति तथा बाँके ३ का उम्मेदवार अमर सिंह पुन, प्रदेश उपसभापति राजु खनाल, बर्दिया १ का उम्मेदवार संजय गौतम र बाँके २ का उम्मेदवार शुधान्सु कोइराला लगायतले पनि सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहिबार  १० : ४८ बजे

‘चीनले नेपाललाई अग्रिम सूचना दिएन’ भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई

आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै, डीएनए संकलन हुँदै

चितवन । अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)को मापदण्डअनुसार चितवनमा सङ्कलित शव

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुग्यो चिनियाँ प्राबिधिक टोली

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै

काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक