५ श्रावण २०८३, मंगलबार | July 21, 2026

प्रदेश ५ का १०९ स्थानीय तहमा ५ अर्ब बेरुजु



नेपालगञ्ज । नेपाल सरकारले प्रतिविद्यार्थी अनुदान रकम (पीसीएफ) कार्यक्रम बन्द गरिसकेको छ । शिक्षक दरबन्दी नभएको वा स्थायी दरबन्दी न्यून भएका विद्यालयमा विद्यार्थीको अनुपातमा कम्तीमा एक शिक्षकको वर्षभरीको तलब बराबरको रकम अनुदानको रूपमा विगतमाम एकमुष्ट दिइन्थ्यो ।

दाङको गढवा गाउँपालिकाले ०७५/७६ मा सरकारले हटाइसकेको पीसीएफ कार्यक्रमका नाममा २९ वटा सामुदायिक विद्यालयलाई ३० लाख रुपैयाँ बाँड्यो । एउटा विद्यालयलाई कम्तीमा एक लाखदेखि बढीमा बार्षिक साढे दुई लाख रुपैयाँका दरले रकम उपलब्ध गराइयो । गाउँपालिकाका लेखा अधिकृत शम्भुराम आचार्यको भनाइमा ‘विद्यालयमा निजी स्रोतका शिक्षक नियुक्तिका लागि स्थानीय तहले सहयोेग गरे पनि नेपाल सरकारको नीतिमै नरहेको भन्दै महालेखापरीक्षक कार्यालयले यो रकम असुल गर्न भनेको छ ।’

गाउँपालिकाले दुर्गा प्रावि खबरीलाई सहयोग गरेको नौ लाख ९६ हजार रुपैयाँ पनि विधिसम्मत नहुँदा बेरुजु देखाएको छ । त्यस्तै २९ जना सहजकर्ता, २६ कार्यालय सहयोगी र ६ जना विद्यालयका लेखापाललाई जनही मासिक दुई हजार रुपैयाँका दरले उपलब्ध गराएको चार लाख ८३ हजार रुपैयाँ प्रोत्साहन भत्ता बेरुजु देखाउँदै महालेखाले असुल गर्न भनेको छ । ‘उपभोक्ता समितिबाट काम गर्दा दरभन्दा बढी रकम उपलब्ध गराइएको आठ लाख ५५ हजार आठ सय २० रुपैयाँ पनि असुल गर्न भनिएको छ’, आचार्यले भने ।

गाउँपालिका अध्यक्ष सहजराज अहिर अनुगमन भत्ता खाएको, उपभोक्ता समितिलाई बढी रकम दिएको कुरा असुल गर्नुपर्ने जायज भए पनि विद्यालयमा शिक्षक नियुक्तिका लागि स्थानीय आवश्यकताका आधारमा खर्च गरेको दाबी गर्छन् । त्यसैले यस्तो रकमलाई नियम विपरित भए पनि स्थानीय आवश्यकताको आधारमा खर्च गरेकाले असुल गर्न गाह्रो हुने अहिरको भनाइ छ ।

यो गाउँपालिकाको आर्थिक वर्ष ०७५/७६ को बेरुजु कुल बजेटको एक चौथाइ छ। त्यो वर्षको कुल बजेट ९७ करोड ९७ लाख ७ हजारमध्ये २३ करोड ६८ लाख ८८ हजार रुपैयाँ त बेरुजु नै छ । जुन कुल बजेटमा बेरुजु रकम मात्र २४.१८ प्रतिशत हो । बेरुजुको झन्डै आधा असुल उपर गर्नुपर्ने रकम छ ।

प्रदेश ५ का विभिन्न स्थानीय तहमा बेरुजु देखिएको छ । महालेखापरीक्षक कार्यालयको ५७औं वार्षिक प्रतिवेदनमा प्रदेश ५ का ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी १०९ स्थानीय तहमा ५ अर्ब ४ करोड ५६ लाख २३ हजार रुपैयाँ बेरुजु देखिएको छ । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रकाशित मिति : ७ भदौ २०७७, आइतबार  ७ : ४१ बजे

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ