५ श्रावण २०८३, मंगलबार | July 21, 2026

१० मिनेटसम्म चितुवासँग भिडेर हरिबहादुर ज्यान जाेगाए



लमजुङ । लमजुङमा एक व्यक्तिले चितुवासँग भिडेर बाँचेका छन् उनकै आक्रमणमा चितुवा मेरको छ ।

जंगल नजिकै घर भएका बेसीशहर नगरपालिका– ९ साम्दी गाउँ निवासी ६७ वर्षीय हरिबहादुर थापालाई बिहान घाँस काट्न खेतमा जाँदा आहारा खोज्दै हिडेको पोथी चितुवाले एक्कासी आक्रमण गरेको थियो । ‘मलाई चितुवाले आक्रमण गर्दै गरेको छोरा रणजंग थापाले देखेछन् र मलाई बचाउन आए ।’ हरिबहादुरले भने ‘मसँग भएको खुर्पाले त्यसलाई हान्न भ्याएको थिए ।’ उनले दब्रे हातले चितुवाको आक्रमण छिक्दै दाईने हातमा भएको खुर्पाले चितुवालाई आक्रमण गरेको बताए । ‘छोरा आएपछि दुवै जना चितुवासंग १० मिटेन जति कुस्ति खेल्यौ ।’ हरिबहादुरले भने, ‘खुर्पाको चोटले चितुवा थाक्दै हुँदै गयो र आक्रमण गर्छ छाड्यो ।’

‘बुवाको साथमा खुर्पा नभएको भए, उहाँलाई चितुवाले सिध्याउथ्यो, म टुहुरो हुनबाट बचेँ ।’ छोरा रणजंग थापाले भने । चितुवाको आक्रमणबाट वचेका बुवा हरिबहादुरको दाहिने हातमा र चोर औंलामा चोट लागेको छ भने शरिरका अन्य भागमा चितुवाको नंग्राले सामान्य कोरेको उनका छिमेकी शिव थापाले बताए ।

घाइते हरिबहादुरको उचपारका लागि जिल्ला सामुदायिक अस्पताल बेसीशहर ल्याइएको थियो । उनको प्राथमिक उपचारपछि रेविजको खोप जिल्लामा नभएका कारणले काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नयाव उपरीक्षक गंगाबहादुर थापाले बताए ।

जिल्ला सदरमुकाम बेसीशहर नगरपालिका– ९ को साम्दी गाउँमा आइतबार सो घट्ना भएको जिल्ला वन कार्यालयले बताएको छ । सो घट्ना विहान ८ बजेको समयमा भएको जिल्ला वन कार्यालयको भनाई छ । उक्त घटनामा मरेको चितुवाको लम्बाई ५ फुट ६ इन्च, उचाई १ फुट ११ इन्च र र गोलाई १ फुट १० इन्च रहेको डिभिजन प्रमुख मोहन काफ्लेले बताए । ‘यस्तो अवस्थामा कानुन नलाग्दैन । तर पनि हामीले थप अनुसन्धान भने गर्छौ ।’ काफ्लेले भने । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  ६ : ५३ बजे

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ