२१ माघ २०८२, बुधबार | February 4, 2026

डिजिटल बैंकिङ्गमा छलाङ मार्दै एनआईसी एशिया, विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्न ‘सुपर सिक्स योजना’ सार्वजनिक



काठमाडौ । डिजिटल बैंकिङ्गमा छलाङ मादै अघि बढेको एनआईसी एशिया बैंकले विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्न ‘सुपर सिक्स योजना’ सार्वजनिक गरेको छ ।

लामो समयदेखि गतिशिल बैंकिङ्गको अभ्यास गर्दै आएको बैंकले समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रममा विश्वव्यापी COVID-19 महामारीको समयमा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्नका निम्ति ‘सुपर सिक्स योजना’ सार्वजनिक गरेको हो ।

‘सुपर सिक्स योजना’ अनुरुप ग्राहकले बैंकको मोबाइल बैंकिङ्गमार्फत हप्तामा ६ वटा कारोबार गर्दा छैटौं कारोबार रकमको ६ प्रतिशत वा रू. ५०० सम्म रकम फिर्ता प्राप्त गर्न सक्नेछन् । यो योजना २०७७ भाद्र ८ देखि २७ गतेसम्म गरिएको कारोबारका लागि मात्र मान्य हुने र न्यूनतम रू. १०० सम्मको कारोबार ग्राहकले गर्नुपर्ने व्यवस्था बैंकले गरेको छ ।

डिजिटल फस्ट बैंक बन्ने अभियान सहित बैंकिङ्ग क्षेत्रमा प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस बैंकले १५ हजार भन्दा बढी QR Merchants मार्फत उत्साहजनक विद्युतीय कारोबार गर्दै आएको छ ।

कोरोना भाइरसको विषम परिस्थितिमा जुनसुकै स्थानबाट जुनसुकै समयमा सम्पूर्ण कारोबार मोबाइल बैंकिङ्गमार्फत ग्राहकलाई प्रोत्साहन गर्नका लागि यस्तो योजना ल्याएको बैंकले जनाएको छ ।

असाधारण समयमा ग्राहकहरूको सुरक्षाका निमित्त बिजुली एवं खानेपानीको महसुल, मोबाइल रिचार्ज खरिद, बीमा प्रिमियम भुक्तानी, टेलिभिजनको बील लगायतका घरायसी बीलको जुनसुकै स्थानबाट जुनसुकै समयमा विद्युतीय भुक्तानी गर्न मिल्ने व्यवस्था बैंकले गरेको छ । तर यो योजनामा मोबाइल बैंकिङ्गमार्फत गरिने वालेट लोड, रकम ट्रान्सफर र क्रेडिट कार्ड भुक्तानीलाई समावेश गरिएको छैन ।

बैंकले डिजिटल बैंकिङ्गलाई प्राथमिकतामा राख्दै समयअनुरुप ग्राहकमैत्री एवं प्रोत्साहनमुलक योजनाहरू ल्याउदै आएको छ । यसै क्रममा बैंकले आफ्ना मोबाइल बैंकिङ्ग वा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूलाई देशभरका २,३०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ ।

डिजिटल फस्ट बैंक बन्ने आफ्नो दिर्घकालीन रणनीति अनुरूप ग्राहकको संख्यामा विस्तार गर्ने लक्ष्यलाई मुर्तरूप दिँदै आएको यस बैंकले गत आर्थिक वर्षमा मात्रै ४ लाख ८४ हजार नयाँ ग्राहक संख्या थप्न सफल भइ कुल २२ लाख ग्राहकहरूमाझ यस बैंकले डिजिटल सेवा विस्तार गर्न सफल भएको छ ।

जुन वाणिज्य बैंकहरूले सो आर्थिक वर्षमा गरेको वृद्धिहरूमध्ये उच्चतम वृद्धि हो । गत आर्थिक वर्षमा मात्रै बैंकले डिजिटल बैंकिङ्गतर्फ उल्लेखनीय उपलब्धी हासिल गर्दै हाल ८ लाख ६६ हजार डेबिट कार्ड, १२ लाख १ हजार मोबाइल बैंकिङ्ग र १ लाख १२ हजार इन्टरनेट बैंकिङ्ग प्रयोगकर्ताहरू पु¥याएको छ भने १५ हजार भन्दा बढी QR Merchants र करिब ४ हजार POS Merchants मार्फत आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  १२ : २६ बजे

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य

रुपन्देहीमा चिनियाँ र मलेसियन लगानीकर्ताको चासो, फोहोर प्रशोधनदेखि निर्यातमुखी उद्योगसम्म लगानी गर्न तयार

बुटवल । चीन र मलेसियाका लगानीकर्ताले रुपन्देहीलाई केन्द्र बनाएर सञ्चालन

निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन

साफ महिला च्याम्पियनसिप : भारतद्वारा भुटान पराजित

कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल