२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

सैनामैनासँग जोडिएका सीमा बन्द



बुटवल । रुपन्देहीको कञ्चन गाउँपालिकाको वडा नं १ स्थित लौसामा एकै घरका चारसहित २३ मा कोरोना सङ्क्रमण देखिएपछि सैनामैना नगरपालिकाको सीमा आजदेखि बन्द गरिएको छ ।

सीमा क्षेत्रका विभिन्न वडाको विपद् व्यवस्थापन समितिको बैठकपछि सूचना जारी गर्दै रेष्टुरेण्ट, होटेल, गाइभैसी किनबेच, खेल गतिविधि, ठेला, झोलापोका ब्यापारी र आवतजावत गर्न रोक लगाइएको छ ।

वडा नं ११ का वडाध्यक्ष सनिल मरासिनीले आज एक सूचना जारी गर्दै अत्यावश्यक बाहेकका सबै कार्य बन्द गरी सहयोग गर्न आग्रह गरेका छन् ।

वडा नं ११ को दक्षिण सीमामा पर्ने कञ्चन गाउँपालिका र पश्चिममा कपिलवस्तुमा समुदाय स्तरमा कोरोना सङ्क्रमण भएकोले सो वडाको गाउँ र टोल जोखिममा रहेका छन ।

नगरपालिकाको वडा नं ८ को विपद् व्यवस्थापन समितिको बैठकले छिमेकी स्थानीय तहमा कोरोना भाइरसको सङ्क्रमण देखिएकोले कञ्चन गाउँपालिकाको सीमामा पर्ने शान्तिनगर टोलमा रहेका सबैलाई होम क्वारेन्टिाइनमा बस्न निर्देशन गरेको छ ।

सो वडाका वडाध्यक्ष रामशरण न्यौपानेले बुधबार सूचना जारी गरी बाँसगढी टोल संस्थामा रहेको बासगढी बजार क्षेत्रलाई बन्द गरिएको बताएका छन् ।

नगरपालिकाको वडा नं ९को वडास्तरीय विपद् व्यवस्थापन समितिले कञ्चन गाउँपालिका वडा नं १ स्थित लौसामा कोरोना सङ्क्रमण देखिएकाले छिमेकी गाउँपालिकाबाट आवजावत गर्न रोक लगाएको छ ।

वडा नं ९ का वडाध्यक्ष डोलराज भण्डारीले बुधबार सूचना जारी गर्दै होटेल, खाजा घर, मासुजन्य पसल पसल पूर्ण रुपमा बन्द गराउने निर्णय गरेको छ ।

नगरपालिकाको वडा नं ७ का वडाध्यक्ष डिलाराम बेल्वासेले सूचना जारी गर्दै सङ्क्रमित क्षेत्र हुँदै आवतजावत गर्न रोक लगाइएको बताएका छन्। भारतबाट आएर होम क्वारेन्टिनमा बसेका एकै घर परिवारमा ४ र ९ वर्षका बालकमा समेत कोरोना पुष्टि भएपछि सैनामैनामा पनि त्रास वढेको छ ।

सो गाउँपालिकाको वाड नं १, ३, ४ र ५ मा होम क्वारेन्टिनमा बसेकामा कोरोना सङ्क्रमण देखिएको छ । कोरोना सङक्रमित १८ देखि ४५ वर्षसम्मका छन ।

सङ्क्रमणसँगै गाउँपालिकाको वडा नं १ स्थित लौसा लगायतका क्षेत्र बन्द गरिएको कञ्चन गाउँपालिकाले जनाएको छ । रुपन्देहीका विभिन्न स्थानीय तहमा मङ्गलवार मात्रै ६९ कोरोना सङक्रमित फेला परेका थिए ।

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  ९ : ०८ बजे

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर । बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम

कोरलानाका जोड्ने (कोवाङ-जोमसोम) सडक फेरि अलपत्र

मुस्ताङ । यहाँस्थित उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला) सडकअन्तर्गत मुस्ताङको

ढोरपाटनमा पहिलोपटक पुग्यो केन्द्रीय लाइन

ढोरपाटन । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण