१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

भान्छामै पाइने सामग्री कोरोनाको औषधि



काठमाडौं । आम नेपालीको भान्छामा दैनिक प्रयोग हुँदै आएका मसला कोरोना–१९ सँग लड्ने औषधिका रूपमा काम सकिने आयुर्वेद उपचार पद्धतिले देखाएको छ ।

भान्छामा दैनिक प्रयोगमा आउने सुठो, मरिच, पिप्ला, दालचिनी, अलैंची, असुरो, जेठी मधु, पुदिना, तुलसी, गुर्जोलगायत नियमित सेवनले कोरोना–१९ सँग लड्ने क्षमता वृद्धि गर्न आयुर्वेद उपचार पद्धतिले देखाएको हो ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरका कार्यकारी निर्देशक डा रामआधार यादवले भने, ‘हामीले भान्छामा प्रयोग गर्दै आएका सुठो, मरिच, पिप्ला, दालचिनी, अलैंची, असुरो, जेठी मधु, पुदिना, तुलसी, गुर्जोलगायत नियमित सेवनले शरिरमा रोग प्रतिरोधात्मक क्षमता बढाएर कोरोनाविरुद्ध लड्न सहयोग पुग्छ ।’

डा यादवका अनुसार जडिबुटीको प्रयोगले कोरोनाबाट बच्न सकिन्छ । विशेष गरी उमेर पुगेका पाका ज्येष्ठ नागरिक र दीर्घ रोगीलाई कोरोनाको जोखिम बढी हुने भएकाले गुर्जोको सेवन अमृत समान हुन्छ । गुर्जो ज्येष्ठ नागरिकमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । ‘गुर्जो तीतो हुने हुँदा यसलाई सेवन गर्दा रक्तचाप घट्छ भन्ने आम धारणा छ, तर त्यो गलत हो,’ डा यादवले भने, ‘यसले उच्च रक्तचाप बढाउने वा घटाउने अनि मधुमेहलाई बढाउने कुनै पनि गर्दैन, रक्तचाप सही राख्न र मधुमेहका लागि उपयोगी छ ।’

कोरोना सङ्क्रमण हुँदा श्वासप्रश्वासमा अप्ठेरो पर्ने भएकाले यस्तो समस्या हुनै नदिन असुरोको पातको काँडा बनाएर सेवन गर्दा रोगसँग लड्ने क्षमता बढ्ने उनको अध्ययनले बताउँछ । ‘कोरोना पोजेटिभ देखिएका बिरामीसँग भौतिक दुरी कायम राखे हो, तर भावनात्मक दुरी नजिक हुनुपर्छ’, डा यादवले भने, ‘सङ्क्रमितलाई ढाडस र साहस प्रदान गरेर बिरामीको सँधै मनोबल उच्च राख्नुपर्छ ।’

उनको रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम हुने हुँदा फ्रिजमा राखेको खानेकुरा नखाने, सकेसम्म ताजा बनाएर खाने बानी बसाल्ने, भान्छा प्रयोग हुने ७० प्रतिसतभन्दा बढी मसलामा औषधिजन्य गुण हुने भएकाले त्यसको प्रयोग गर्नेआदि गर्नुपर्ने उनको सुझाव छ ।

कोरोना महामारीपछि स्यानिटाइजरको प्रयोग ब्यापक बनेको छ । तर, घर र कार्यालय जहाँ साबुन पानी पाइन्छ । त्यस्ता ठाउँमा स्यानिटाइजर प्रयोग गर्नुभन्दा सकेसम्म साबुन पानीले हात धुने बानी बसाल्नु उपयुक्त हुने डा यादवको सुझाव छ ।

क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले बेलायतको बर्नमाउथ विश्वविद्यालयको सहयोगमा आयोजना गरेको कार्यक्रममा डा यादवले आयुर्वेद वैज्ञानिक विधि भएको र त्यसको प्रयोग गर्नु उपयुक्त हुने बताए । डा यादवका अनुसार हालसम्म कीर्तिपुर अस्पतालमा २९६ जना बिरामी आएकामा २०९ जनाको पीसीआर परीक्षणमा पोजेटिभ देखिएको छ ।

पोजेटिभ देखिएका बिरामीलाई पुनः एक सातापछि अर्को परीक्षण गराउने गरिएको छ । त्यसमध्ये ठीक भएर नेगेटिभ रिपोर्ट आएर १८४ जना घर फर्किसकेका छन् ।

डब्लुडब्लुजेका अध्यक्ष अमिका राजथलाले आयुर्वेदको प्रयोगले चीनमा पनि कोरोना नियन्त्रणमा ठूलो भूमिका निभाएकाले नेपालमा पनि यसको प्रयोग गरी फाइदा लिन सकिने उद्देश्यले कार्यक्रमको आयोजना गरेको सुनाइन् । रासस

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  ६ : १४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले