५ श्रावण २०८३, मंगलबार | July 21, 2026

कोरोना कहरले ठप्प भएको शैक्षिक क्षेत्र चलायमान हुँदै



काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणबाट गम्भीर रूपमा प्रभावित भएको शिक्षा क्षेत्रमा विस्तारै चलायमान हुने सङ्केत देखिएको छ ।

यस क्रममा सरकारले विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई आवश्यक पर्ने ‘नो अब्जेक्सन लेटर’ लिन बाटो खुला गरेको छ । त्रिभुवन विश्वविद्यालयले लामो समयदेखि सम्पर्कविहीन सबै तहका विद्यार्थीको खोजी कार्य सुरु गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नो अब्जेक्सन लेटरको अनुमति दिने गरी बाटो खोल्न गरेको सिफारिसलाई कार्यान्वयन गर्न मन्त्रिपरिषद्ले बाटो खोलेको जनाइएको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले मन्त्रालयले विदेशमा पढ्न जानका लागि विद्यार्थीलाई चाहिने ‘नो अब्जेक्सन लेटर’ दिन सरकारसित अनुमति माग गरिएको जानकारी दिए । सरकारले त्यसका लागि दिएको स्वीकृतिपत्र मन्त्रालयमा प्राप्त हुन भने बाँकी रहेको जनाइएको छ ।

सरकारको पत्र प्राप्त भएलगत्तै अब विद्यार्थीलाई बाहिरी मुलुकमा अध्ययनका लागि जाने बाटो खुल्नेछ । विद्यार्थी तथा अभिभावकको चरम दबाबपछि मन्त्रालयले अनुमतिका लागि मन्त्रिपरिषद्सित स्वीकृति माग गरेको जानकारी शिक्षा मन्त्रालयका अधिकारीहरूले दिएका छन् ।

मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख एवं सहसचिव रामशरण सापकोटाले विदेशमा पढ्न पाउने विद्यार्थीको अधिकारको सरकारले वञ्चित गरेको गुनासो थेग्न कठिनाइ भएको बताए ।

सरकारले विद्यार्थीलाई नो अब्जेक्सन लेटर दिन लिखित रूपमा आफूलाई अनुमति दिएको अवस्थामा यसका लागि प्रक्रिया थाल्ने जानकारी उनले दिए । अन्तर्राष्ट्रिय हवाई उडान प्रारम्भ हुन नसकेको अवस्थामा नेपाली विद्यार्थी विदेशी विद्यालयमा भर्ना हुन सहज भने नभएको जनाइएको छ ।

यो अवस्थामा नेपाली विद्यार्थीले अनलाइनकै माध्यमबाट विदेशी विश्वविद्यालयको विद्यार्थीका रूपमा अध्ययन गर्ने सम्भावना देखिएको जनाइएको छ । नेपालबाट ८० प्रतिशतभन्दा बढी विद्यार्थी व्यवस्थापन विषयको उच्च शिक्षा अध्ययनका लागि विदेश जाने गरेका छन् । बीस प्रतिशत विद्यार्थी चिकित्सा शास्त्र, इन्जिनियरिङ लगायत विषयमा अध्ययनका लागि जाने गरेको पाइएको छ ।

विदेशी मुलुकमा पनि कोरोना सङ्क्रमण कायमै रहेको तथा रोजगारीका क्षेत्र सङ्कुचन भएकाले नेपाली विद्यार्थीलाई सहज नहुने अनुमान अधिकारीहरूले गरेका छन् । नेपालबाट सबैभन्दा धेरै विद्यार्थी अस्ट्रेलिया, जापान, अमेरिका, बेलायत, क्यानडा लगायत मुलुकमा जाने गरेका छन् । पछिल्लो समय साइप्रससमेत धेरै विद्यार्थी जाने गरेका छन् ।

यसैबीच त्रिभुवन विश्वविद्यालयले महिनौँसम्म सम्पर्क बाहिर रहँदा स्थगित परीक्षाको तयारी तथा अनलाइन कक्षा सञ्चालनमा समस्या भएको भन्दै विद्यार्थीको खोजी कार्य सुरु गरेको छ । सेमेस्टर प्रणालीमा सञ्चालित स्नातकोत्तर तहको कक्षाहरू सुचारु हुन थालेपछि विश्वविद्यालयले अब स्नातक तहका विद्यार्थीको खोजी कार्य सुरु गरेको हो ।

विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले अब आफूहरूको ध्यान स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीतर्फ गएको उल्लेख गर्दै विद्यार्थीलाई छिटो सम्पर्कमा आउन सार्वजनिक रूपमा नै आह्वान गरिएको जानकारी दिए । हालसम्म स्नातक तहका झण्डै ९० हजार विद्यार्थी सम्पर्कविहीन रहेको जानकारी विश्वविद्यालयले दिएको छ ।

विश्वविद्यालयले गत चैत महिनादेखि स्नातक तहको वार्षिक प्रणालीमा सञ्चालित कक्षा नियमित रूपमा सञ्चालन गर्न नसकेका कारण हजारौँ विद्यार्थी सम्पर्क बाहिर रहेको जनाइएको छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  ६ : ५१ बजे

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले