१२ श्रावण २०८१, शनिबार | July 27, 2024

कोरोना कहरबीच ‘सोह्रश्राद्ध’ सुरु हुँदै



ललितपुर । पण्डित माधवप्रसाद शर्मालाई संक्रमणबीच ‘संस्कार जोगाउने’ पिरलोले सताउन थाल्दै छ । नजिकिदो ‘सोह्रश्राद्ध’ले त झन् नपिरोल्ने कुरै भएन । सोह्र श्राद्ध आगामी १७ भदौदेखि सुरु हुँदै छ ।

संक्रमणबाट जोगिनु पनि पर्‍यो, संस्कार पनि धान्नैपर्‍यो,’ पण्डित शर्माले सुनाए, ‘घरघर जाँदा संक्रमण सर्ने र फैलने उत्तिकै खतरा छ, यसो भएपछि श्राद्धमा पनि भर्चुअलको सहायता लिनुपर्ने अवस्था छ ।’ जजमान र पुरोहित आ-आफ्नै घरमा बसेर भर्चुअल श्राद्ध गर्न सकिने उनको धारणा छ ।

‘भर्चुअल श्राद्ध’मा ब्राह्मणबाट संकल्प, मन्त्रोचारण हुन्छ अर्कोतिर जजमान कुशलाई ‘ब्राह्मण’ थपना गरी टीका लगाइदिन्छन् । सोह्र श्राद्ध आउन एक साता मात्र बाँकी छ । पितृ स्मरण गर्दै जल र अन्नसहित श्राद्ध गरिन्छ । कोरोनाका कारण पहिलेजस्तो नातागोता भेला गरेर श्राद्ध गर्ने स्थिति छैन । श्राद्ध रोक्ने कुरा पनि भएन । यसअघि, ब्राह्मण जजमानका घर पुग्थे ।

एकातर्फ पितृ स्मरणसहित संस्कृति धान्न श्राद्ध गर्नैपर्ने बाध्यता र अर्कोतर्फ स्वास्थ्यको ख्याल राख्नुपर्ने चुनौती आइपरेको छ । विज्ञका अनुसार संक्रमण फैलाउन ‘एकै व्यक्ति पनि काफी’ हुन्छन् । सोह्र श्राद्ध प्रतिपदादेखि औँसीसम्म एकै ब्राह्मणले धेरै घरमा गई श्राद्ध गराइदिन्छन् ।

नेपाल पञ्चांग निर्णायक समिति अध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम संक्रमणकालीन अवस्थामा ‘सकेसम्म एक जना ब्राह्मण मात्र बोलाएर श्राद्ध गर्न आग्रह गर्छन् । ‘पढ्न सके आफैँले पढेर श्राद्ध गर्ने, नसके स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर ब्राह्मणलाई श्राद्ध गराउन लगाउन सकिन्छ,’ उनी भन्छन्, ‘हाम्रो संस्कार र संस्कृति लचकदार भएकाले विश्वास र आस्था नखलबलिने गरी कर्म गरे पनि फल प्राप्त हुन्छ ।’ आध्यात्मिक पत्रकार संघ अध्यक्ष शिरोमणि दवाडी इन्टरनेट वा फोनका माध्यमबाट श्राद्ध गराउँदा दक्षिणा बैंकिङ प्रणालीबाटै पठाउन सकिने बताउँछन् । ‘नभए, पछि भेटेरै दिए पनि हुन्छ,’ उनले थपे ।

भौतिकवादी चिन्तन छाडेर आध्यात्मिक चिन्तन आवश्यक रहेको दवाडी औँल्याउँछन् । ‘क्रियाकलापमुखी होइन, आध्यात्मिक सोच विचार समयसापेक्ष बनाऔं,’ उनले भने, ‘मनोवैज्ञानिक त्रास हटाउने, चाडबाड र संस्कृतिको मर्म नमर्ने गरी मनाउन सकिन्छ ।’ उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  ७ : २८ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान