४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोनामा आयुर्वेदिक औषधिको अनुसन्धान



काठमाडौं । कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले कोरोना भाइरस लागेका बिरामीको चाँडो स्वास्थ्य लाभमा उपयोगी हुुने औषधिको अनुसन्धान गरिरहेको छ ।

त्यसक्रममा अनुुसन्धान भइरहेको एक औषधिले बिरामीलाई लाभ भइरहेको छ । सो औषधिको प्रयोगले २ साताभन्दा कम समयमै सङ्क्रमित बिरामीले स्वास्थ्य लाभ गरी घर फर्कन थालेको चिकित्सकले दाबी गरेका छन् ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका चिकित्सक तथा कोभिड-१९ का संयोजक डा. जितेन्द्र श्रेष्ठले आयुर्वेदिक उपचारबाट अरू रोग भएका कोरोना सङ्क्रमित व्यक्तिलाई पनि धेरै फाइदा भएको जानकारी दिए । त्यसक्रममा उनले औषधि अनुुसन्धान गरिरहेको जानकारी पनि दिए ।

पहिलेदेखि नै विभिन्न रोग भएका व्यक्तिलाई कोरोना सङ्क्रमण भएपछि डरको विषय हो तर आयुर्वेदिक पद्धतिले त्यस्ता व्यक्तिलाई निको पारेपछि चिकित्सक र बिरामीमा उत्साह देखिएको छ । त्यहाँ भर्ना भएका कोरोना सङ्क्रमितहरूमध्ये २१३ जना बिरामी निको भएर घर फर्किएका छन् ।

डा. श्रेष्ठले भने, ‘१९ महिनाको दूधेबालकका आमादेखि ७८ वर्षको ज्येष्ठ नागरिकसम्म यही औषधिले राम्रो गरेको छ ।’ अस्पतालका अनुसन्धान अधिकृत डा. अमितमान जोशी भन्छन्, ‘आयुर्वेदिक औषधिमा विभिन्न रोग प्रतिरोधक क्षमता बढाउने जडीबुटी प्रयोग हुने भएकाले कोरोनासँग लड्न सक्ने क्षमता भएको हो ।

यसैगरी रोग प्रतिरोधी क्षमता बढाउने जडीबुटी मिलाएर बनाइएको औषधि खान दिइएको छ । त्यसको सात दिनपछि पीसीआर परीक्षण गराउँदा सबैको रिपोर्ट नेगेटिभ आयो, कोरोना देखिएन ।’ उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  ६ : ३२ बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म