२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

वीपी प्रतिष्ठानमा मनै कुँडिने घटना : कोरोना संक्रमित आमाछोराको एकैपटक मृत्यु



धरान । कोरोना भाइरसको संक्रमणबाट मृत्युका खबर निरन्तर आइरहेका छन् । तर, आइतबार सबैको मनै कुँडिने गरी यौटा खबर आएको छ सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ।

अस्पतालममा उपचाररत कोरोना संक्रमित आमाछोराको केही मिनेटको अन्तरालमा मृत्यु भएको छ ।

वीपी प्रतिष्ठानमा शनिबार भर्ना भएकी धरान उपमहानगरपालिका वडा नं. १७ निवासी ७४ वर्षीया आमा र ६० वर्षीय छोराको आइतबार बिहान मृत्यु भएको हो ।

प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा दुवैजनाको मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

छोराको मृत्यु बिहान पौने ८ बजे भएको थियो । त्यसको ४५ मिनेट पछि आमाको मृत्यु भयो बिहान साढे ८ बजे ।

मृतक दुवै जनालाई हिजो राति साढे ८ बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि ल्याईएको थियो । ७४ बर्षीया आमामा अत्याधिक खोकी, श्वास फेर्न समस्या, एक हप्ता देखि ज्वरो आएको थियो । अस्पतालमा ल्याउदा उनको अवस्था गम्भिर भईसकेको र कोरोना आशंका गरी स्वाब परिक्ष गर्दा आज कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

यसैगरी छोरा ६० बर्षीयमा पनि श्वास फेर्नमा समस्या, अत्याधिक खोकी र १० दिन देखि ज्वरो आएको थियो । उनको पनि आज विहान कोरोना पोजेटि पुष्टि भएको थियो ।

छोरामा मधुमेहको दिर्घरोगी र केही महिना देखि कलेजोमा समस्या देखिएको थियो भने आमामा मधुमेह र उच्च रक्तचाप रहेको थियो ।

मृतक दुवैमा कसरी कोरोना संक्रमण भयो ? यसबारेमा धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा बुझ्ने क्रममै रहेको महाशाखाका प्रमुख उमेश मेहेताले बताएका छन् ।

अहिले धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा मृतकको घर धरान १७ पुगेर परिवारका अन्य सदस्यहरु लगायत १३ जनको स्वाब लिने तयारी भइरहेकोे प्रमुख मेहेताले बताए । उनका अनुसार परिवारका अरु केही सदस्यहरुमा केही दिन देखि ज्वरो आईरहेको छ ।

यो संगै धरानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । मृतक दुवैको शव व्यवस्थापन गर्नका लागि धरान उपमहानगरपालिकाले तयारी गरीरहेको बताईएको छ ।

 

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  १ : १२ बजे

मौन अवधिमा नगदसहित पक्राउ परेका जसपा उम्मेदवार यादव छुटे

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएलगत्तै नगदसहित पक्राउ

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित,

राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीबाट निर्वाचनबारे जानकारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गरेकी

एकीकृत सुरक्षा योजनाअनुसार नेपाली सेना परिचालित छ : नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले सरोकारवाला सबै निकायसँग आवश्यक समन्वय र

प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

काठमाडौँ । निर्वाचन आयोगले मतगणना सुरु भएको २४ घन्टाभित्र प्रत्यक्षतर्फको