२९ मंसिर २०८२, सोमबार | December 15, 2025

वीपी प्रतिष्ठानमा मनै कुँडिने घटना : कोरोना संक्रमित आमाछोराको एकैपटक मृत्यु



धरान । कोरोना भाइरसको संक्रमणबाट मृत्युका खबर निरन्तर आइरहेका छन् । तर, आइतबार सबैको मनै कुँडिने गरी यौटा खबर आएको छ सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ।

अस्पतालममा उपचाररत कोरोना संक्रमित आमाछोराको केही मिनेटको अन्तरालमा मृत्यु भएको छ ।

वीपी प्रतिष्ठानमा शनिबार भर्ना भएकी धरान उपमहानगरपालिका वडा नं. १७ निवासी ७४ वर्षीया आमा र ६० वर्षीय छोराको आइतबार बिहान मृत्यु भएको हो ।

प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा दुवैजनाको मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

छोराको मृत्यु बिहान पौने ८ बजे भएको थियो । त्यसको ४५ मिनेट पछि आमाको मृत्यु भयो बिहान साढे ८ बजे ।

मृतक दुवै जनालाई हिजो राति साढे ८ बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि ल्याईएको थियो । ७४ बर्षीया आमामा अत्याधिक खोकी, श्वास फेर्न समस्या, एक हप्ता देखि ज्वरो आएको थियो । अस्पतालमा ल्याउदा उनको अवस्था गम्भिर भईसकेको र कोरोना आशंका गरी स्वाब परिक्ष गर्दा आज कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

यसैगरी छोरा ६० बर्षीयमा पनि श्वास फेर्नमा समस्या, अत्याधिक खोकी र १० दिन देखि ज्वरो आएको थियो । उनको पनि आज विहान कोरोना पोजेटि पुष्टि भएको थियो ।

छोरामा मधुमेहको दिर्घरोगी र केही महिना देखि कलेजोमा समस्या देखिएको थियो भने आमामा मधुमेह र उच्च रक्तचाप रहेको थियो ।

मृतक दुवैमा कसरी कोरोना संक्रमण भयो ? यसबारेमा धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा बुझ्ने क्रममै रहेको महाशाखाका प्रमुख उमेश मेहेताले बताएका छन् ।

अहिले धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा मृतकको घर धरान १७ पुगेर परिवारका अन्य सदस्यहरु लगायत १३ जनको स्वाब लिने तयारी भइरहेकोे प्रमुख मेहेताले बताए । उनका अनुसार परिवारका अरु केही सदस्यहरुमा केही दिन देखि ज्वरो आईरहेको छ ।

यो संगै धरानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । मृतक दुवैको शव व्यवस्थापन गर्नका लागि धरान उपमहानगरपालिकाले तयारी गरीरहेको बताईएको छ ।

 

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  १ : १२ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष