१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

सूचना प्रविधिको प्रयोगमा जोड दिन निवर्तमान सञ्चारमन्त्री खतिवडाको आग्रह



काठमाडौ । निवर्तमान अर्थ र सञ्चार तथा सूचना मन्त्री डा युवराज खतिवडाले सात महिनामा सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा गर्न सकिएका कामबारे भविष्यमा मूल्याङ्कन हुने विश्वास व्यक्त गरेका छन्।

मन्त्रिपरिषद्को आज सम्पन्न बैठकपछि सञ्चार मन्त्रालयका उच्चपदस्थ कर्मचारी तथा सम्बद्ध निकाय एवं विभागीय प्रमुखसंँगको भेटघाटमा खतिवडाले यस अवधिमा सबैसंँग व्यक्तिगतस्तरमा राम्रोसँंग परिचित हुने अवसर पनि नमिलेको बताए ।

यस अवधिमा आफूलाई सहयोग गर्ने मन्त्रालयसम्बद्ध राष्ट्रिय समाचार समितिलगायत निकाय प्रमुख, विभागीय प्रमुख र कर्मचारी वर्गलाई उनले धन्यवाद दिएका छन् ।

उनले भने, “मलाई विश्वास गरी अर्थ मन्त्रालय तथा सञ्चार तथा सूचना मन्त्रालयको कार्यभार सुम्पनुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूप्रति आभारी छु । एक अध्येताका हैसियतले मैले सामान्य जानकारी राख्ने गरे तापनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी मेरा लागि अनपेक्षित थियो ।”मन्त्री डा खतिवडाले तोकिएका कामहरू विद्यमान कानूनबमोजिम पारदर्शी किसिमबाट सम्पन्न गर्न प्रमुखहरूलाई आग्रह गरे ।

उनले शिक्षा, विज्ञान, कृषि लगायत क्षेत्रमा सूचना प्रविधिको उपयोग अब अपरिहार्य रहेकाले डिजिटल नेपाल फ्रेमवर्कलाई सफल तुल्याउन सूचना प्रविधिको पूर्वाधार निर्माणमा जोड दिनुपर्ने धारणा व्यक्त गरे ।

सञ्चार मन्त्रालय धेरै जनसरोकार भएको मन्त्रालयका रूपमा आफूले पाएको जनाउँदै निवर्तमान मन्त्री खतिवडाले यसमा धेरै अदृश्य र असीमित स्रोत रहेको बताए। , “कोभिड –१९ले हामीलाई कठिन अवस्थामा पार्नुका साथै केही अभूतपूर्व अवसर पनि प्रदान गरेको छ, पहिले फेशनका रुपमा रहेका अनलाइन शिक्षा र टेलिमेडिसिन अब हाम्रा लागि यथार्थ बन्दै गएका छन् ।” खतिवडाको भनाई थियो ।

“सिंहदरबारभित्रैको एक निकायबाट पठाइएको चिठ्ठीपत्र अर्को निकायमा किन ढिलो पुग्छ रु शासकीय प्रबन्ध र सूचना प्रविधिको प्रयोग गरियो भने यस्तो अवस्था रहँदैन”, मन्त्री डा खतिवडाले भन्नुभयो, “तोकिएका काममा शीघ्रता ल्याउनोस्, यस्ता समस्याहरु हल हुन्छन् ।”
खतिवडाका अनुसार उनले अर्थमन्त्रीका रूपमा दुई वर्ष छ महीना केही दिन र सञ्चारमन्त्रीका रूपमा सात महिना काम गरे ।

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  ६ : ५६ बजे

रुपन्देहीमा भन्सार छलीका आठ ८ लाखभन्दा बढीका सामान बरामद

भैरहवा । रुपन्देहीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका

एचपिभी खोप लगाउन स्वास्थ्यकर्मी घरघरमा

बागलुङ । यहाँका दुई हजार ३०२ जना किशोरीले पाठेघरको मुखको

आजको मौसम : पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

काठमाडौं । प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना

सुदूरपश्चिममा निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका