१० चैत्र २०८२, मंगलबार | March 25, 2026

निर्धारित समयमा धरहरा पुनःनिर्माणको काम नसकिने भएपछि समय थप्ने तयारी



काठमाडौं । ऐतिहासिक धरहरा पुनःनिर्माणको लागि समय थप गरिने भएको छ ।

निर्धारित समयमा पुनःनिर्माणको काम नसकिने भएपछि धरहरा पुनर्निर्माणको लागि समय थप गरिने भएको हो ।

पूर्व निर्धारित समय अनुसार आगामी असोज तेस्रो साता सम्म काम सम्पन्न गरिसक्नु पर्नेछ । हालसम्मा ४१ दशमलव ५ प्रतिशत मात्र काम भएकाले तोकिएकै समयमा काम सम्पन्न हुने सम्भावना नदेखिए पछि समय थप गर्न लागिएको हो ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले निर्माण कम्पनीले एक वर्षको लागि समय माग गरेको जानकारी दिए । तर कति थप्ने भन्ने विषय छलफल भइरहेकाले एकिन नभए पनि कम्पनीकै माग र आवश्यकता अनुसार समय थप गरिने उनले बताए ।

निर्माणको क्रममा अहिलेसम्मा १३ तलाको काम सम्पन्न भएको छ भने १४ तलाको काम भइरहेको छ । निर्माणका लागि हालसम्मा रु एक अर्ब १३ करोड सकिएको मानन्धरले जानकारी दिए ।

दैनिक १५० कामदार नियमित रूपमा निर्माणका लागि खटिए पनि कोरोनाको कारण निर्माण सामग्री र कामदारको अभाव भएकाले निर्माणको काम तोकिएको समय भन्दा पर धकोलिएको हो ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको धरहराको पुनःनिमार्णको काम तीन वर्ष बितेपछि अघि बढेको हो । निर्माणको लागि जम्मा रु तीन अर्ब ४८ करोड लाग्ने जनाइएको छ ।

प्रकाशित मिति : २० भदौ २०७७, शनिबार  ६ : ३९ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण