१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

बुटवलमा रहेका डायलासिस गराउने सबै विरामीको निःशुल्क पीसीआर परीक्षण



बुटवल । बुटवल उपमहानगरपालिकाले बुटवलमा डायलासिस गराउने विरामीको निशुल्क पीसीआर परीक्षण सुरु भएको छ । डायलासिस गराउनु अघि कोभिड संक्रमण भए नभएको यकिन गरिने भएपछि थप उपचारमा सहजता हुने भएको छ ।

बुटवलमा स्थायी बसोबास गर्ने तथा उपचारका लागि बुटवलमै डेरा गरेर बस्दै आएका डायलासिसका सबै बिरामीहरुलाई कोभिडको सबै परीक्षण निशुल्क गर्न लागेको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

पायक पर्ने स्थानमा उपमहानगरका स्वास्थ्य प्राविधिक खटाएर स्वाब संकलन गरिने र उक्त स्थानसम्म पुग्न समेत नसक्ने अवस्थाकालाई बसेको स्थानै समेत पुगेर परीक्षण गर्नेगरि काम सुरु भएको प्रमुख सुवेदीले बताए । उनले अस्पतालहरुमा डायलासिस गराइरहेका कागजातका आधारमा बसोबास गरेको वा डेरा गरेर बसेको वडा कार्यालयबाट सिफारिस बनाएर आउने यस्ता सबै विरामीको निशुल्क परीक्षणको व्यवस्था मिलाइएको बताए ।

पीसीआर परीक्षणका लागि सम्बन्धित वडा कार्यालयको सिफारिस ल्याउनुपर्ने छ । बुटवलले कोभिडजन्य कामका सिफारिसलाई समेत सहज र निःशुल्क बनाएको छ ।

बुटवल र आसपासमा बसेर विभिन्न पाँच ठाउँमा डायलिसिल गर्ने बिरामीको संख्या करिब छ सय रहेको बताइएको छ । अहिले महामारीको बेलामा यी सबै विरामीको नियमित डायलिसिल अघि डेढ महिनामा दुई पटक पीसीआर गर्नुपर्ने मापदण्ड तोकिएको छ । पीसीआर परीक्षण पछि उपचारमा सावधानी अपनाउन सहज हुनेछ ।

बुटवल उपमहानगरले बन्दाबन्दीले आउजाउमा समस्या परेका दीर्घ रोगीलाई घरमै समेत पुगेर अत्यावश्यक औषधि वितरण, सुत्केरीलाई पोषणका आहार वितरण, अपांगता भएकालाई आवश्यक सामग्री वितरण गर्दै आएको छ । बुटवलमा प्रमुख सुवेदी, उपप्रमुख गुमादेवी आचार्य आफै स्वास्थ्य प्राविधिकसहित संक्रमितको मनोबल बढाउन घरघरमा पुगेका छन ।

विभिन्न ठाउँमा संक्रमितलाई हेय भावले हेरिने र दुव्र्यवहार हुने गरेका घटनाका समाचार आइरहेको बेलामा बुटवलमा भने प्रमुख, उपप्रमुख संक्रमितको घरघरमै पुगेर हौसला बढाउने मुलुकमै नौलो कामको थालनी भएको हो ।

कोभिड संक्रमण भएर आइसोशलनमा बसेकालाई घरघमै पुगेर आयुर्वेद ओखती वितरण गर्नेक्रममा डायलिसिसका विरामीका बारेमा सूचना पाउँदासाथ उपमहानगरले सबैको निःशुल्क परीक्षण गर्ने निर्णय गर्दै सबै वडामा तत्कालै निर्देशन जारी गरिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए ।

बुटवलमा आइसोलेशन सेन्टर निर्माण, प्रादेशिक अस्पतालको सहकार्यमा आइसीयू र भेन्टिलेटरसहितको कोरोना विशेष अस्पताल निर्माण गर्नेदेखि आइसोलेशन सेन्टरहरुमा नियमित योगा अभ्यास, ध्यान प्रणायम र आयुर्वेद ओखती वितरणका काम भइरहेका छन् ।

डायलिसिस गराउनेमा सबैभन्दा धेरै बुटवलको गौतमबुद्ध सामुदायिक मुटु तथा मृगौला अस्पतालमा आउने विरामी छन् । त्यहाँमात्रै करिब तीन सय जनाको नियमित डायलिसिस हुने गरेको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए ।

अध्यक्ष आलमका अनुसार यो संख्या अहिले मुलुकका कुनै पनि डायलिसिस सेन्टरको भन्दा धेरै हो । उक्त अस्पतालले बन्दाबन्दीको समयमा अरु उपचार सेवा सबैतिर प्रभावित हुँदासमेत त्यहाँ यसखालको उपचारलाई चौबिसै घण्टा सूचारु राखेको थियो ।

अहिले अस्पतालमा केही स्वास्थ्यकर्मी र केही कर्मचारीमा समेत संक्रमण देखिएको छ । तर, अस्पतालले सबै व्यवस्थापन गर्ने, निसंक्रामक बनाउने काम गरिसकेको छ ।

अहिले बुटवल उपमहानगरले निशुल्क पीसीआर गर्ने सूचना जारी गरेपछि गौतमबुद्ध सामुदायिक मुटु तथा मृगौला अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र सिद्धार्थनगर सिटी अस्पताल बुटवलमा डायलासिस गराउँदै आएका विरामीको सिफारिस आएको उपमहानगरका स्वास्थ्य तथा जनशंख्या महाशाखाका प्रमुख मित्रमणि खनालले बताए ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  १२ : १० बजे

राष्ट्रपति पौडेलद्वारा अनुगमन तथा मुल्यांकन विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अनुगमन तथा मुल्यांकन गर्न बनेको

आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई दियो २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य

आगामी नीति तथा कार्यक्रम र बजेट जनमुखी हुन्छ : प्रधानमन्त्री प्रचण्ड

हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र