१७ माघ २०८२, शनिबार | January 31, 2026

रुपन्देहीमा ‘लकडाउन’को मोडालिटी परिवर्तन, आईतबारबाट बजार सुचारु हुने



बुटवल । लामो समयदेखि रुपन्देहीमा जारी रहेको निषेधाज्ञा सहितको लकडाउनको मोडालिटी परिवर्तन गरिएको छ । यस अघि पूर्णरुपमा बन्द भएका बन्दब्यवसायहरु आईतबारबाट खोल्न दिने गरि जिल्ला प्रशासन कार्यालयले मोडालिटी परिवर्तन गरेको छ ।

शनिबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थबाट जारी गरिएको आदेशमा सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरि बजार सुचारु गर्ने उल्लेख गरिएको छ । प्रमुख जिल्ला अधिकारीको आदेशमा दैनिक उपभोग्य वस्तु र सेवा भने बिहान ९ बजेसम्म र बेलुका ५ बजे देखि बेलुका ७ बजेसम्म संचालन गर्न पाईने तथा अन्य व्यापार व्यवसाय बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न पाउने उल्लेख गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी पन्थको आदेश अनुसार बैंक तथा वित्तिय संस्थाहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी भीडभाड नहुने व्यवस्था मिलाएर नियमित सेवा दिनसक्ने छन् ।

उद्योग व्यवसाय अन्तरगतका नेपाल सरकारले तोकेको उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनुपर्ने सुरक्षा मापदण्ड तथा स्वास्थ्य सुरक्षासम्बन्धि मापदण्ड विपरीतका काम गर्न रोक पूर्णरुपमा रोक लगाईएको प्रमुख जिल्ला अधिकारी पन्थले बताए लगाएको छ।

सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, हाटबजार, सपिङ कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर, सैलुन, ब्युटी पार्लर, समूहमा खेलिने खेलकुद, पूस्तकालय, संग्रहालय, स्पा, स्विमिङ पुल, मनोरञ्जनस्थलहरुलाई अहिले पनि निषेध गरिएको आदेशमा भनिएको छ ।

जिल्लाभित्र सरकारले अनुमति दिएका बाहेक कुनैपनि गाडी चलाउन नपाइने भन्दै आदेशमा मुख्य राजमार्गमा चल्ने अत्यावश्यक गाडी भने चल्न पाउने लेखिएको छ ।

आदेशले अत्यावश्यकीय वस्तु र सेवा अन्तरगत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दुध, विद्युत, सूचना सञ्चार, कार्यालय आउने जानेका गाडीलगायतका क्षेत्रका गाडी भने चल्नलाई रोक लगाएको छैन ।

अघिल्लो आदेश शनिबार राती १२ बजे समाप्त हुनु पूर्व नयाँ आदेश भाद्र २८ गते राती १२ बजे सम्म कायम रहने आदेशमा उल्लेख छ ।

 

 

प्रकाशित मिति : २० भदौ २०७७, शनिबार  १२ : ११ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक