५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

मध्यरातमा प्रहरीको विशेष अपरेशन, गुन्डागर्दीमा संलग्न १७ जना पक्राउ



काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न रहेको आरोपमा १७ जनालाई पक्राउ गरेको छ।

काठमाडौं प्रहरी परिसर तथा अपराध अनुसन्धान कार्यालयको छुट्टाछुट्टै टोलीले शुक्रबार राति सञ्चालन गरेको विशेष अपरेशनका क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो।

काठमाडौं अपराध अनुसन्धान कार्यालयको टोलीले मात्र १२ जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेहरूमा सञ्जिव लामा, सुरेश गिरी, अशोक गिरीलगायत रहेका छन्। कार्यालयका एक अधिकारीका अनुसार उनीहरू पछिल्लो समय काठमाडौंका विभिन्न क्षेत्रमा गुन्डागर्दी गतिविधिमा सक्रिय रहेको पाइएपछि पक्राउ गरिएको हो।

त्यसैगरी, काठमाडौं प्रहरी परिसरबाट खटिएको अर्को टोलीले थप पाँच जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार पक्राउ पर्नेहरूमा प्रविण तामाङ रहेका छन्। उनी श्याम लामा समूहसँग आवद्ध भई बौद्ध क्षेत्रमा गुन्डागर्दी गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

यसैगरी कलंकी–बाफल क्षेत्रमा सक्रिय बिर्जु महर्जन, कलंकी बस टिकट काउन्टर तथा पेट्रोल पम्प आसपास गुन्डागर्दी गर्ने सुजन कार्की र स्यूचाटार क्षेत्रमा सक्रिय सरु हुमागाईंलाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ९ : ०१ बजे

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११