२० भदौ २०८३, शनिबार | September 6, 2026

मध्यरातमा प्रहरीको विशेष अपरेशन, गुन्डागर्दीमा संलग्न १७ जना पक्राउ



काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न रहेको आरोपमा १७ जनालाई पक्राउ गरेको छ।

काठमाडौं प्रहरी परिसर तथा अपराध अनुसन्धान कार्यालयको छुट्टाछुट्टै टोलीले शुक्रबार राति सञ्चालन गरेको विशेष अपरेशनका क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो।

काठमाडौं अपराध अनुसन्धान कार्यालयको टोलीले मात्र १२ जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेहरूमा सञ्जिव लामा, सुरेश गिरी, अशोक गिरीलगायत रहेका छन्। कार्यालयका एक अधिकारीका अनुसार उनीहरू पछिल्लो समय काठमाडौंका विभिन्न क्षेत्रमा गुन्डागर्दी गतिविधिमा सक्रिय रहेको पाइएपछि पक्राउ गरिएको हो।

त्यसैगरी, काठमाडौं प्रहरी परिसरबाट खटिएको अर्को टोलीले थप पाँच जनालाई नियन्त्रणमा लिएको छ। प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार पक्राउ पर्नेहरूमा प्रविण तामाङ रहेका छन्। उनी श्याम लामा समूहसँग आवद्ध भई बौद्ध क्षेत्रमा गुन्डागर्दी गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

यसैगरी कलंकी–बाफल क्षेत्रमा सक्रिय बिर्जु महर्जन, कलंकी बस टिकट काउन्टर तथा पेट्रोल पम्प आसपास गुन्डागर्दी गर्ने सुजन कार्की र स्यूचाटार क्षेत्रमा सक्रिय सरु हुमागाईंलाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ९ : ०१ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

नेपाल भारत सीमानाकामा मनाइयो मानव बेचबिखन विरुद्धको २० औ राष्ट्रिय दिवस

नेपालगन्ज । “प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र्

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

त्रिशूली । भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा