३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

ढोरपाटन बाढीपीडितका लागि एकीकृत घर बनाउँछौँ : मुख्यमन्त्री गुरुङ



बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ढोरपाटन बाढीपीडितका लागि एकीकृत घर बनाउने जनाएका छन् ।

राहत सामग्रीसहित स्थलगत निरीक्षण गर्न बाढीग्रस्त क्षेत्र ढोरपाटन नगरपालिका–९ बोबाङ पुगेका मुख्यमन्त्री गुरुङले बाढी पीडितका साथमा प्रदेश सरकार रहेको बताउँदै घरविहीनहरुलाई एकीकृत बस्ती निर्माण गर्ने गरी प्रदेश सरकार अगाडि बढ्ने बताए।

बाढी पीडितको समस्या सुन्दै मुख्यमन्त्री गुरुङले पीडित परिवारले चाहे अनुसारको घर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। “पीडितले चाहेअनुसारको घर निर्माणमा सङ्घ सरकारले प्रदान गर्ने रकममा प्रदेश सरकारले थप्नेछ”, मुख्यमन्त्री गुरुङको भनाइ थियो, “नगरपालिकाले जग्गा व्यवस्थापन गरे एकीकृत बस्ती निर्माण गर्दा सदाका लागि सुरक्षित हुन सकिन्छ ।”

गुरुङले नगरपालिकाले जग्गा व्यवस्थापन गरे सङ्घ र प्रदेश मिलेर एकीकृत बस्ती बसाल्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले क्षति पुगेको विद्यालय, जलविद्युत् आयोजना, स्वास्थ्य एकाइ तथा सडक निर्माणमा जिल्लामा हालै स्थापना गरेको पूर्वाधार विकास कार्यालयलाई जिम्मा दिने बताए । “प्रदेश सरकार तपाईंको दुःखमा साथ दिन यहाँ आएको हो, सक्दो सहयोग गर्छौं, बस्ती पुनःनिर्माण गर्ने गरी तत्कालै क्षतिपूर्तिको व्यवस्था हुन्छ”, गुरुङले भने ।

गुरुङसहित आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, बागलुङबाट निर्वाचित गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटा, चन्द्रबहादुर बुढा, खिमविक्रम शाहीलगायत बाढीग्रस्त क्षेत्रमा पुगेका थिए ।

अत्यावश्यक राहत सामग्रीसहित सनाखत भएका मृतकका १३ परिवारलाई प्रतिपरिवार ५० हजार नगदका दरले राहतसमेत प्रदान गर्नुभएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार हेलिकप्टरमार्फत बाढीग्रस्त क्षेत्रमा पुगेका मुख्यमन्त्री गुरुङले ४० परिवारलाई भाँडाकुँडा, टेन्ट, म्याटेस्ट सहितका अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरेका थिए ।

अन्य पीडितहरुलाई जिल्ला प्रशासन कार्यालयमार्फत राहत उपलब्ध गराइने छ । हालसम्म भुजीखोलाको बाढीमा परी १५ जनाको मृत्यु भइसकेको छ भने अझै २३ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० भदौ २०७७, शनिबार  ४ : ५५ बजे

लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको दुई विधाको उपाधी आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन

बुटवल-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव र बजरंगी हनुमानको प्राण प्रतिष्ठा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव तथा

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडौं। श्रम संस्कृति पार्टीलेले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट पठाउने सांसदहरूको नाम