३ आश्विन २०८३, शनिबार | September 20, 2026

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर



काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा आधा तौलको सिलिन्डर बजारमा पठाउने भएको छ ।

नेपाल आयल निगमको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आधा मूल्यमा आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय गरेको हो ।

उपभोक्ताले आवश्यकभन्दा बढी परिमाणमा ग्यास सिलिण्डर भण्डार गर्न थालेपछि निगमले बजारमा आधा सिलिन्डर पठाउने निर्णय गरेको निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टले जानकारी दिए।।

पछिल्लो दुई महिनादेखि बजारमा देखिएको ग्यास अभाव र पश्चिम एसियामा बढ्दो द्वन्द्वको भयले पनि ग्यास भण्डार गरेर राख्ने प्रवृत्ति बढेपछि कृतिम अभाव नियन्त्रण गर्न निगमले नयाँ निर्णय गरेको जनाएको छ ।

निगमले इन्डियन आयल निगम (आईओसी)सँग किनेर ग्यास बिक्री गर्दै आइरहेको छ।

नेपालमा औसतमा दैनिक १२० बुलेट ग्यास आवश्यक पर्ने भएपनि करिब दैनिक ८० वटाको हाराहारीमा बुलेट आइरहेको निगम स्रोतले उल्लेख गरेको छ । निगमले भने आपुर्तीमा कुनै समस्या नरहेको दाबी गर्दै आएको छ । यद्देपी निगमले पेट्रोलियम पदार्थको वितरण सुरक्षा भन्दै अनावश्यक भण्डारण नगर्न र इन्डक्सन प्रयोग गर्न सार्वजनिक सूचना नै जारी गरेपछि उपभोक्ताले सम्भाब्य अभावको आंकलन गर्दै अनावश्यक भण्डारण गर्न थालेको वित्रेताहरुले बताएका छन् ।

सरकारले यसअघि २०७२ मा भारतले लगाएको नाकाबन्दीका बेला पनि आधा सिलिन्डर ग्यास वितरण गरेको थियो।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  ९ : ४२ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब