२८ भदौ २०८३, आइतबार | September 14, 2026

पूर्वी नवलपरासीमा ट्राफिक प्रहरीको नमस्कार अभियान



कावासोती । पूर्वी नवलपरासीमा ट्राफिक प्रहरीले नमस्कार अभियान सुरु गरेको छ ।

ट्राफिक प्रहरीले चेकजाँचको क्रममा सवारीचालक तथा आम नागरिकहरुलाई नमस्कारसहित सोधपुछ गर्दै अभियान शुरू गरेको जिल्ला ट्राफिक कार्यलयले जनाएको छ ।

ट्राफिक प्रहरी र आम नागरिकको सम्बन्ध थप प्रगाढ बनाउन,प्रहरीलाई शिस्ट र सभ्य बनाउन यो अभियान सुरु गरिएकोको जिल्ला ट्राफिक कार्यलय पूर्वी नवलपरसीका प्रमुख मुनेन्द्र थापाले बताए ।

ट्राफिक प्रहरीले सवारी चालकलाइ नमस्कार सङ्गै शिष्ट भएर प्रश्न गर्नेछन र आवाश्यक कानुनी कारबाही पछि नमस्कार सहित नै बिदा गरिने उनले बताए ।

प्रदेश ट्राफिक कार्यलयको निर्देशनमा गण्डकी प्रदेशका ११ वटै जिल्लामा कार्यालयको परिपत्र अनरुप नवलपुर जिल्लामा पनि उक्त अभियान सुरु गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : २० भदौ २०७७, शनिबार  ५ : २२ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा