५ पुस २०८२, शनिबार | December 21, 2025

मनाङको आइसोलेसन रहेका दुई सङ्क्रमित



मनाङ । कोभिड–१९ का सङ्क्रमित देशैभर बढ्दै गएको छ । कोभिड सङ्क्रमित निको हुने क्रम पनि बढ्दै गएको छ । लामो समयको अन्तरालमा मनाङमा सङ्क्रमित थपिएसँगै हाल दुई जना आइसोलेसनमा छन् ।

सङ्क्रमितहरुले उच्च मनोबल र सचेतना अपनाएपछि छिट्टै निको पनि भएका छन् ।

शुक्रबार तीन सङ्क्रमित निको भएसँगै जिल्लामा निको हुनेको सङ्ख्या चार पुगेको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्रीराज आचार्यले जानकारी दिए । उनका अनुसार हालसम्म जिल्लामा छ सङ्क्रमितमध्ये चार जना निको भइसकेका छन् ।

“निको भएका सङ्क्रमितलाई सम्मानपूर्वक आइसोलेसनबाट बिदाइ समेत गरिसकिएको छ, अब आइसोलेसनमा शुक्रबार थपिएका एक जना र त्यसअघिका एक जना पुरुष गरी दुई जना रहेका छन्, उनीहरु पनि छिट्टै निको हुनेछन्”, आचार्यले भने, “शुक्रबार थपिएका सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङबाट भएको हो ।”

त्रिहत्तर जनाको पिसीआर परीक्षण गरिएको मध्ये गोरखाको आरुघाट–७ घर भई हाल मनाङमा कार्यरत एक प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अहिले जिल्लामा दुई सङ्क्रमित आइसोलेसनमा रहेको उनले बताए । उनीहरूको स्वास्थ्य अवस्था भने सामान्य रहेको आचार्यको भनाइ छ ।

भदौ १६ गते ७३ जनाको स्वाब नमूना सङ्कलन गरिएकामा ७२ जनाको भने रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ ।

हालसम्म १९२ जनाको पिसीआर परीक्षण गरिएकोमा छ जनामा सङ्क्रमण पुष्टि भएको थियो । शुक्रबार आइसोलेसनमा रहेका सङ्क्रमितको पुनः परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको आचार्यले बताए ।

मनाङमा कोरोना सङ्क्रमण मुक्त भइसकेपछि पुनः सङ्क्रमण देखिएको हो । जिल्लामा सङ्क्रमण देखिन थालेपछि स्थानीयवासी भने त्रसित बनेका छन् ।

मनाङमा धेरैजसो शिक्षक, कामदार, कर्मचारी बाहिरी जिल्लाबाट आउने हुँदा सङ्क्रमण देखिएको हो । हालसम्म स्थानीयवासीमा भने सङ्क्रमण देखिएको छैन ।

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  १० : १२ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ