२१ चैत्र २०८२, शनिबार | April 4, 2026

ढोरपाटन नगरपालिकालाई शाइन रेसुङ्गा बैंकको सहयोग



बुटवल । बाढी पहिरोको प्रकोपमा परेको बागलुङको ढोरपाटन नगरपालिकालाई शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आर्थिक सहयोग गरेको छ ।

बढी पीडित परिवारको राहतका लागि बैंकले नगरपालिकाको दैवी प्रकोप उद्धार कोषमा एक लाख ५० हजार रुपैयां सहयोग गरेको हो । बैंकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र बैंकको बुर्तिबाङ शाखा प्रबन्धक प्रेमनाथ पौडेलले सोमबार बुर्तिबाङमा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई डेढ लाख रुपैयांको चेक प्रदान गरेका छन् ।

चेक बुझ्दै ढोरपाटन नगरपालिकाका प्रमुख नेपालीले बाढीका कारण ३१ घर बगाएको र ७० बढी घरमा क्षति पु¥याएकाले नगरपालिकाकालाई सबैको सहयोगको खांचो रहेको बताए । बैंकका अध्यक्ष श्रेष्ठले बाढीपीडित परिवारको राहतका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत नगरपालिकालाई आर्थिक सहयोग गरेको बताए ।

यसअघि बैंकले प्रदेश ५ सरकारको कोरोना राहत कोषमा २५ लाख ५० हजार सहयोग गरेको र प्युठानका स्थानीय तहमा पीपीई लगायत स्वास्थ्य सामग्री प्रदान गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए ।

गत बुधबार राति ढोरपाटन शिकार आरक्ष्य क्षेत्रको देउराली पहाड पहिरोले खसेर भुजी खोला थुनिएर फुटेपछि आएको बाढीले घरहरु बगाउंदा १४ जनाको मृत्यु भएको थियो भने अझै २४ जना वेपत्ता रहेका छन् ।

प्रदेश ५, गण्डकी र बागमती प्रदेशमा गरी बैंकका ७० वटा शाखा रहेका शाइन रेसुङ्गा प्रदेश ५ को एक मात्र राष्ट्रियस्तरको विकास बैंक हो ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ६ : ५३ बजे

ओखलढुङ्गामा आगलागी, ५७ लाख बढीको क्षति

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल

मतदाता नामावली भोलिदेखि सङ्कलन गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम

इरानसँगको युद्धमा अमेरिकी वायुसेनाले कम्तीमा सात विमान गुमायो

इरानसँग जारी युद्धका क्रममा अमेरिकी वायुसेनाले कम्तीमा सातवटा मानवसवार विमान

नयाँ हवाई प्रतिरक्षा प्रविधिले अमेरिकी लडाकु विमान खसालिएको इरानी कमाण्डरको दाबी

इरानका एक वरिष्ठ सैन्य कमाण्डरले आफ्नो देशका सुरक्षा बलहरूले नयाँ