२० भदौ २०८३, शनिबार | September 6, 2026

बुटवलमा ‘बुटवल नियो क्लिनिक’ सञ्चालन, बालबालिकाका न्यूरो-विकास समस्याको एकै स्थानमा उपचार



बुटवल । बुटवल उपमहानगरपालिका-८ सुख्खानगरस्थित धर्मपथमा ‘बुटवल नियो क्लिनिक’ सञ्चालनमा आएको छ । करिब ८० लाख रुपैयाँको लगानीमा स्थापना गरिएको उक्त क्लिनिकले विभिन्न शारीरिक तथा मानसिक समस्या भएका बालबालिकालाई एकै स्थानबाट थेरापीसहित उपचार सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।

क्लिनिकका डाइरेक्टर तथा वरिष्ठ पिडियाट्रिक फिजियोथेरापिस्ट पुष्पा चक्रधरका अनुसार यहाँ अटिजम, मस्तिष्क पक्षघात, डाउन सिन्ड्रोम, मांसपेशी डिस्ट्रोफी लगायतका कम्तीमा १५ प्रकारका समस्या पहिचान तथा उपचार सेवा उपलब्ध हुनेछ ।

क्लिनिकमा बाल फिजियोथेरापी, व्यवहार (बेहभिएर) थेरापी, अकुपेशनल थेरापी र स्पिच थेरापीजस्ता सेवाहरू विशेषज्ञमार्फत प्रदान गरिने व्यवस्था गरिएको छ । दैनिक करिब २५ जना बालबालिकालाई सेवा दिने लक्ष्य राखिएको छ भने आवश्यकताअनुसार अभिभावकलाई समेत परामर्श सेवा दिइने जनाइएको छ ।

क्लिनिकको उद्घाटन कान्ति बाल अस्पतालकी वरिष्ठ पिडियाट्रिक न्यूरोलोजिस्ट प्रा. डा. बिना प्रजापतिले गरेकी हुन् । उद्घाटन समारोहमा उनले बालबालिकाको समग्र विकासका लागि दक्ष जनशक्ति मात्र नभई परिवारको सक्रिय सहभागिता र टिमवर्क आवश्यक हुनेमा जोड दिइन् ।

त्यस्तै नेपाल फिजियोथेरापी संघका अध्यक्ष समिद कतिला श्रेष्ठले अटिजम तथा फरक क्षमता भएका बालबालिकाको संरक्षण र उपचारका लागि सरकारी स्तरबाट थप नीतिगत ध्यान आवश्यक रहेको बताए । उनले पछिल्लो समय यस्ता समस्या बढ्दो क्रममा रहेको उल्लेख गर्दै निजी क्षेत्रको पहल सराहनीय भए पनि राज्यको समन्वय अपरिहार्य रहेको धारणा व्यक्त गरे ।

क्लिनिकले आगामी दिनमा विद्यालय, अभिभावक तथा समुदायसँग सहकार्य गर्दै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना पनि अघि सारेको छ । प्रारम्भिक पहिचान, समयमै उपचार र नियमित थेरापीमार्फत बालबालिकाको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित सेवा विस्तार गरिने क्लिनिकले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ४ : ३८ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

नेपाल भारत सीमानाकामा मनाइयो मानव बेचबिखन विरुद्धको २० औ राष्ट्रिय दिवस

नेपालगन्ज । “प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र्

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

त्रिशूली । भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा