४ पुस २०८२, शुक्रबार | December 19, 2025

अफवाह फैलाउने युट्युबर प्रहरीको फन्दामा



काठमाडौं । युट्युब च्यानल मार्फत कोरोना भाइरस संक्रमण बारे अफवाह फैलाई सार्वजनिक शान्ति भंग गरेको अभियोगमा एकजना युट्युबर पक्राउ परेका छन् । कोरोना भाइरसका बिषयमा पुष्टि नभएका अफवाह फैलाएको अभियोगमा तेह्रथुम घर भई ललितपुर महानगरपालिका – १४ नक्खिपोट बस्ने अन्तिम विकल्प प्रा.लि.का संचालक सुबास सुब्बा लिम्बुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

युट्युब च्यानलमा अन्तर्वार्ताको क्रममा कोरोना नै छैन सरकारले हावा पिटेको भन्दै कोरोना संक्रमितको मृत्यु पश्चात आफन्तलाई भेटन नदिई शरिरका विभिन्न अंगहरु (किडनी, आँखा, लिभर) झिकेर बेचबिखन गरी भष्ट्राचार गरिरहेकोले सडकमा आन्दोलन गर्न सबै आउनु पर्दछ, भन्ने जस्ता उत्तेजना फैलाउने, आम-सर्वसाधारणलाई दिगभ्रमित गराउने, विभिन्न व्यक्तिहरुलाई आक्षेप लगाउने अभिव्यक्तिहरु दिई सार्वजनिक शान्ति भंग गर्ने कार्यमा संलग्न भएको अभियोगमा लिम्बुलाई महानगरीय अपराध महाशाखाले ललितपुर नक्खिपोटबाट पक्राउ गरेको हो ।

लिम्बुलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ८ : ३० बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज