२१ चैत्र २०८२, शनिबार | April 4, 2026

राष्ट्र बैंकको निर्देशनपछि बैंक तथा वित्तीय संस्थाका शाखा खुला, राजस्व तिर्न ग्राहकको भीड



काठमाडौं । राजस्व तिर्न उपत्यकाका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा बिहानैदेखि भीडभाड लागेको छ ।

नेपाल राष्ट्र बैंकले राजस्वत कारोबार गर्ने बैंकका शाखा तथा काउन्टरहरु मंगलबार, बुधबार र बिहीबार खोल्न निर्देशन दिएपछि ग्राहकहरुको भिडभाड बढेको हो ।

राष्ट्र बैंकको निर्देशन लगत्तै राजस्व कारोबार गर्ने बैंकका शाखा तथा काउन्टरहरु मंगलबारदेखि सुचारु रहेका छन् ।

निषेधाज्ञाका कारण लामोसमयदेखि राजस्व तिर्न नसकेका ग्राहकहरु बैंकको राजस्व कारोबार गर्ने बैंकका शाखा तथा काउन्टरहरुमा मंगलबार बिहानैदेखि भीडभाड लागेको हो ।

निषेधाज्ञाको बीचमा सीमित शाखामार्फत रोटेशनमा कारोबार संचालन गरेका बैंकमा राजस्व तिर्ने समय आउँदै गर्दा भीडभाड बढेको हो । यद्यपी, अझै पनि ग्राहकलाई निषेधाज्ञाको बीचमा हिँडडुल गर्न भने असुविधा नै छ ।

बैंकहरुले भीडभाडलाई व्यवस्थित बनाउन टोकन प्रणाली लगाएका छन् । स्यानिटाइजर प्रयोग भने यसअघि देखि नै हुँदै आएको थियो ।

राष्ट्र बैंकले नेपाल क्लियरिङ हाउस र क्लियरिङ सेवा दिने काउन्टरहरु पनि खुला गर्न निर्देशन दिइसकेको छ ।

प्रकाशित मिति : २३ भदौ २०७७, मंगलबार  १ : ४२ बजे

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

लमजुङ । आज साँझ यहाँ जिप दुर्घटना हुँदा दुई जनाको

परिचयपत्र नभएका व्यक्तिहरूले कांग्रेसको १५औँ महाधिवेशनमा भाग लिन नपाउने

ललितपुर । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा

नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु-याइँदै

काठमाडौं । आगामी वैशाख २ गतेदेखि प्रारम्भ हुने नयाँ शैक्षिकसत्रका

कांग्रेसलाई एकढिक्का बनाउन अन्तिमसम्म प्रयास गर्छु : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेसलाई एकढिक्का

युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं । पश्चिम एसियाको युद्धका क्रममा संयुक्त अरब इमिरेट्स (युएई)मा