१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

राष्ट्र बैंकको निर्देशनपछि बैंक तथा वित्तीय संस्थाका शाखा खुला, राजस्व तिर्न ग्राहकको भीड



काठमाडौं । राजस्व तिर्न उपत्यकाका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा बिहानैदेखि भीडभाड लागेको छ ।

नेपाल राष्ट्र बैंकले राजस्वत कारोबार गर्ने बैंकका शाखा तथा काउन्टरहरु मंगलबार, बुधबार र बिहीबार खोल्न निर्देशन दिएपछि ग्राहकहरुको भिडभाड बढेको हो ।

राष्ट्र बैंकको निर्देशन लगत्तै राजस्व कारोबार गर्ने बैंकका शाखा तथा काउन्टरहरु मंगलबारदेखि सुचारु रहेका छन् ।

निषेधाज्ञाका कारण लामोसमयदेखि राजस्व तिर्न नसकेका ग्राहकहरु बैंकको राजस्व कारोबार गर्ने बैंकका शाखा तथा काउन्टरहरुमा मंगलबार बिहानैदेखि भीडभाड लागेको हो ।

निषेधाज्ञाको बीचमा सीमित शाखामार्फत रोटेशनमा कारोबार संचालन गरेका बैंकमा राजस्व तिर्ने समय आउँदै गर्दा भीडभाड बढेको हो । यद्यपी, अझै पनि ग्राहकलाई निषेधाज्ञाको बीचमा हिँडडुल गर्न भने असुविधा नै छ ।

बैंकहरुले भीडभाडलाई व्यवस्थित बनाउन टोकन प्रणाली लगाएका छन् । स्यानिटाइजर प्रयोग भने यसअघि देखि नै हुँदै आएको थियो ।

राष्ट्र बैंकले नेपाल क्लियरिङ हाउस र क्लियरिङ सेवा दिने काउन्टरहरु पनि खुला गर्न निर्देशन दिइसकेको छ ।

प्रकाशित मिति : २३ भदौ २०७७, मंगलबार  १ : ४२ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा