१७ माघ २०८२, शनिबार | January 31, 2026

मोबाईलको ‘नेटवर्क’ खोज्न रुख चढनुपर्ने बर्दियाको खैरेनीमा टेलिकमको टावर बन्दै



बारबर्दिया । २१ औँ सताब्दीमा समेत सञ्चारको पहुँचमा नपुगेको तिनओटा गाउँ रहेको सुन्दा तपाई पत्याउनु हुन्छ ? हुँदैन होला, तर बर्दियाको बारबर्दिया नगरपालिका वडा नं ९ मा रहेका खैरेनी ढकेला र बाँसगढी नगरपालिकाको थुम्नी गरी तिनओटा गाउँका करिब ८ सय घरपरिवार सञ्चारको पहुँचमा छैनन् । फोन गर्नका लागि उनीहरु रातमा समेत घरको छतमा, रुखमा र खेतको आलीमापुग्नु पर्ने अवस्था छ ।

उनीहरुको यो कस्टकर जिवनभने अब लामो समय नरहने भएको छ । तिनवटा गाउँलाई पुग्ने गरी नेपाल टेलिकमले टावर निर्माण कार्यको सुरुवात गरेको छ । पर्यटकिय क्षेत्र समेत रहेको खैरेनी गाउँमा प्रदेश सभा सदस्य तिलक शर्मा ‘हिमाल’ र बारबर्दिया नगरपालिकाको पहलमा नेपाल टेलिकमले ५० मिटर अग्लो टावरको निर्माणको सुरुवात गरेको हो । प्रदेश नं ५ प्रदेश सभा सदस्य तिलक शर्मा ‘हिमाल’, कृष्ण केसी ‘नमुना’, बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गाबहादुर थारु ‘कविर’ लगाएतको टोलीले बारबर्दिया नगरपालिका ९ खैरेनीमा टावरको शिलन्यास गरेका छन् ।

यति धेरै उचाईभएको टावर नेपालमा नवौँ हो । टेलिकमका अनुसार यस अघी ८ स्थानमा मात्र ५० मिटर अग्लो टावरहरु निर्माण भएका छन् । चारैतिर जंगल भएको हुनाले पनि टावरको उचाई ५० मिटरको बनाउनु परेको प्राविधिकहरुको भनाई रहेको छ । टावरको उचाई बढाउनु पर्ने भएकोले सोचे भन्दा ढिला निर्माणको सुरुवात भएको प्रदेश नं ५ का प्रदेश सभा सदस्य तिलक शर्माले बताए । उनले लामो समयको प्रयास पछि खैरेनी लगाएत बर्दिया जिल्लामा ९ स्थानमा टावर स्थापना गर्न सफल भएको जानकारी दिए ।

बर्दिया जिल्ला कै चर्चित प्राकृतिक ताल सत्खलुवा ताल र खैरेनीगाउँमा रहेको सत्खलुवा होमस्टेमा पर्यटकहरुको चाप बढ्दै गएको छ । आन्तरीक र बाह्यपर्यटकको उपस्थीती रहने सो स्थानमा सञ्चारको सुविधा नहुँदा पर्यटकले समेत सास्ती भोग्ने गरेका थिए । बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गाबहादुर थारु ‘कविर’ले बारबर्दिया नगरपालिका र बाँसगढी नगरपालिकाका करिब ८ सय घर धुरीलाई यस टावरले सञ्चार सुविधा दिने बताए । सत्खलुवाताल घुम्न आउने पर्यटकहरुको लागि समेत यस टावरले सञ्चार सुविधादिने उनको भनाई छ ।

सञ्चारको पहुँच सँगै यस क्षेत्रमाआउने पर्यटकको संख्यापनि बढ्ने अनुमान गरीएको छ । सत्खलुवाताल घुम्न, तालमा पानी खान आउने जंगली जनावरको अवलोकन गर्न र सत्खलुवा होमस्टेमा थारु लगाएतका विभिन्न समुदायका स्थानीय परिकार खानकालागि पर्यटकहरु आउने गर्दछन् ।

सञ्चारको सुविधा पाउने भएपछि तिनओटै गाउँबासी हर्षित भएका छन् । अब मोबाईलमा टावर खोज्दै खेतको आली र घरको छतमा पुग्नु पर्ने अवस्थाको अन्त्य हुनेमा विश्वस्त रहेको स्थानीयबासी बासुदेव चौधरीले बताए । उनले विरामीपर्दा समेत एम्बुलेन्स बोलाउन समस्या रहेको बताए । उनले भने –‘अब सञ्चारको सुविधाबाट वञ्चित हुँदैनौँ होला बरु छिट्टै सञ्चालनमा आएहुन्थ्यो ।’

प्रकाशित मिति : २५ भदौ २०७७, बिहिबार  ९ : ०८ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक