१ चैत्र २०८२, आइतबार | March 15, 2026

कोरोना संक्रमणबाट २४ घण्टामा १४ जनाको मृत्यु



काठमाडौं । विगत केही दिनदेखि कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने संख्या केही घटेको थियो । तर, शनिबार मृत्युको संख्या ह्वात्तै माथि पुगेको छ ।

शनिबार देशभरका विभिन्न अस्पतालमा उपचाररत १४ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले शनिबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार ३ जना महिला र ११ जना पुरुषको मृत्यु भएको हो ।

तीन जना मृतक काठमाडौंका रहेका छन् । ७६ वर्षीया महिला एवं ५१ र ५४ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, भक्तपुरका ७२ र ३८ वर्षका दुई पुरुष र चितवनका ६१ वर्षका पुरुषको पनि मृत्यु भएको छ ।

यसैगरी रुपन्देहीका ६० र ४० वर्षीय दुई पुरुषको मृत्यु भएको छ भने कास्कीका ५१ वर्षीय एक जना पुरुषको मृत्यु भएको छ ।

यसैगरी पर्साका ७८ वर्षीया महिला र तनहुँका ७६ वर्षीया महिलाको निधन भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, स्याङ्ग्जाका ८५ वर्षीय पुरुष र गोखराका ५१ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

हालसम्म देशभर ३३६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । कोरोनाको मृत्युदर ० दशमलव ६३ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ४ : ५३ बजे

साभुङ-देउराली-केलादीघाटमार्ग : ठेक्का सम्झौता अन्त्य

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ-देउराली-केलादीघाट (कृष्ण मोटर मार्ग)

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही । लालबन्दी नगरपालिका-१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल

किसानलाई सिँचाइको समस्या

सुनसरी । सुनसरीका विभिन्न स्थानमा मकै र गहुँखेती गर्दै आएका

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर । टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय

धार्मिक महत्वको लुङबुक गुफा

मुस्ताङ । मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र-५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च