३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



सर्लाही । लालबन्दी नगरपालिका-१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । विराटनगरबाट काठमाडौंतर्फ गइरहेको लु प०३-००१ ख ०४३० नम्बरको बसले सोही दिशातर्फ गइरहेको प्र २-०३-०१५ प ३३९६ नम्बरको मोटरसाइकललाई शनिबार साँझ करिब ७ः३५ बजे ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल चालक पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका-१ छप्कैया घर भई हाल सर्लाहीको लालबन्दी-१ नवलपुर बस्दै आएका ३५ वर्षीय सुनिल महतो गम्भीर घाइते भएका थिए । प्रहरीले घाइते महतोलाई तत्काल एम्बुलेन्समार्फत उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएकामा उपचारकै क्रममा शनिबार राति ९ः०० बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए । दुर्घटनामा संलग्न बस र बसचालक दाङ जिल्ला तुलसीपुर नगरपालिका-९ निवासी ३४ वर्षीय गणेश बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लालबन्दीमा राखेको छ ।

प्रकाशित मिति : १ चैत्र २०८२, आइतबार  ८ : ४६ बजे

प्रतिनिधिसभामा आज पनि नीति तथा कार्यक्रममाथि छलफल, प्रधानमन्त्रीको उपस्थितिबारे अन्योल

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

बिपी राजमार्ग तथा हिल्सा-सिमकोट सडकखण्ड बन्द

काठमाडौं । सम्भावित बाढी तथा सडक निर्माण कार्यका कारण काभ्रेपलाञ्चोक-सिन्धुलीस्थित

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा

१० दिनदेखि अवरुद्ध राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आजबाट सुचारु

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

लुकाइछिपाई नेपालगन्ज लैजाँदैगरेको शंकास्पद मासु सहित एकजना पक्राउ

खजुरा । बाँकेको खजुराबाट ठुलो परिमाणमा शंकास्पद मासु सहित १