१ चैत्र २०८२, आइतबार | March 15, 2026

काठमाडौं महानगरमा मात्रै ५ हजार सङ्क्रमित



काठमाडौं । काठमाडौं महानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ८८६ रहेको छ ।

हाल सङ्क्रमित भएकामध्ये एक हजार २६२ जना निको भएका छन् भने तीन हजार १६८ जना उपचाररत रहेको कामपाले जनाएको छ ।

कामपा जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरका अनुसार ४७१ जना अस्पतालमा उपचार गराइराखेका छन् भने एक हजार ५२४ होम आइसोलेसनमा र एक हजार २२७ जना संस्थागत आइसोलेसनमा छन् ।

उनका अनुसार हालसम्म कामपाको ३२ वटै वडामा गरी दश हजार ५२९ जनाको कन्ट्याक्ट ट्रेसिङ गरेको छ र ३१ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

हालसम्म परीक्षणमा सबैभन्दा बढी वडा नं १५ मा ४६९ जनामा सङ्क्रमण देखिएको छ । त्यसैगरी वडा १६ मा ३६६, वडा ३ मा ३१५ जनामा सङ्क्रमण देखिएको छ । यसैगरी वडा ४, ७, ८, ९, १०, ११, १३, १४, २६, २७, २८, २९, ३१ र ३२ वडामा एक सयभन्दा बढी सङ्क्रमित रहेका छन् ।

सबैभन्दा बढी वडा २७ मा चार जनाको मृत्यु भएको छ । कामपाले परीक्षणको दायरा बढाउनका लागि अहिले हरेक वडामा स्वास्थ्यकर्मीसहित स्वयम्सेवक परिचालन गरेको छ ।

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ५ : २७ बजे

साभुङ-देउराली-केलादीघाटमार्ग : ठेक्का सम्झौता अन्त्य

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ-देउराली-केलादीघाट (कृष्ण मोटर मार्ग)

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही । लालबन्दी नगरपालिका-१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल

किसानलाई सिँचाइको समस्या

सुनसरी । सुनसरीका विभिन्न स्थानमा मकै र गहुँखेती गर्दै आएका

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर । टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय

धार्मिक महत्वको लुङबुक गुफा

मुस्ताङ । मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र-५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च