१ चैत्र २०८२, आइतबार | March 15, 2026

चीनद्वारा नेपाललाई ५ हजार थान टेन्ट सहयोग



काठमाडौं । छिमेकी मित्रराष्ट्र चीनले नेपाललाई पाँच हजार थान टेन्ट सहयोग गरेको छ ।

चिनियाँ राजदूत हाउ यान्छीले प्राकृतिक विपदका बेला प्रयोगमा आउने पाँच हजार टेन्ट हस्तान्तरण गरिएको जानकारी गराएकी छिन् ।
राजदूत यान्छीले सामाजिक सञ्जाल टुवीटरमार्फत टेन्स सहयोग गरेको जानकारी गराएकी हुन् ।

ट्वीटरमा उनले लेखेकी छिन्, ‘पाँच हजार थान टेन्टको चिनियाँ सहयोग नेपाली साथीहरुलाई सफलतापूर्वक हस्तान्तरण गरिसकेका छौं । प्राकृतिक विपद र कोभिड–१९ को महामारीविरुद्धको लडाईंमा नेपाललाई सहयोग गर्नका लागि हामीले आफ्नो उत्कृष्ट प्रयास गर्नेछौं।’

नेपालमा आइपर्ने हरेक विपत्तिमा चीनले विभिन्न सहयोग गर्दैआएको छ । कोरोना महामारी फैलिएपछि चीनले मेडिकल मास्क, पीपीई लगायत अन्य स्वास्थ्य सामाग्री सहयोग गरिसकेको छ ।

चीन सरकार र चीनका विभिन्न सहयोगी संगठनहरुले नेपालमा गत भूकम्पकको बेलामा पनि सहयोग गरेका थिए ।

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ६ : ५२ बजे

साभुङ-देउराली-केलादीघाटमार्ग : ठेक्का सम्झौता अन्त्य

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ-देउराली-केलादीघाट (कृष्ण मोटर मार्ग)

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही । लालबन्दी नगरपालिका-१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल

किसानलाई सिँचाइको समस्या

सुनसरी । सुनसरीका विभिन्न स्थानमा मकै र गहुँखेती गर्दै आएका

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर । टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय

धार्मिक महत्वको लुङबुक गुफा

मुस्ताङ । मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र-५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च