१ चैत्र २०८२, आइतबार | March 15, 2026

सिन्धुपाल्चोक पहिरो अपडेट : एक महिलाको शव फेला, २५ वेपत्ता



सिन्धुपाल्चोक । लगातारको वर्षाले जिल्लाको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा गए राति खसेको पहिरोमा पुरिएकी एक महिलाको शव फेला परेको छ ।

नागपुजेमा एक जनाको शव भेटिएको आफूले सूचना पाएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताए। “ठूलै मानवीय क्षति भएको हुनसक्ने खबर सुनेर घटनास्थलतर्फ जाँदैछु”, शेर्पाले भने ।

इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले नागपुजेमा सात घरका १७ जना बेपत्ताको सूची निकालिएको जानकारी दिए । २५ जना वेपत्ता भएको अनुमान गरिएको छ ।

नागपुजेमा कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको खबर छ ।

पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक आउँदै छन् ।

सभामुख सापकोटा त्यसतर्फ प्रस्थान गर्नुभएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

मौसम अनुकूल भए उद्धारका लागि हेलिकोप्टर पनि पठाउने तयारी भइरहेको छ ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ८ : २२ बजे

साभुङ-देउराली-केलादीघाटमार्ग : ठेक्का सम्झौता अन्त्य

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ-देउराली-केलादीघाट (कृष्ण मोटर मार्ग)

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही । लालबन्दी नगरपालिका-१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल

किसानलाई सिँचाइको समस्या

सुनसरी । सुनसरीका विभिन्न स्थानमा मकै र गहुँखेती गर्दै आएका

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर । टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय

धार्मिक महत्वको लुङबुक गुफा

मुस्ताङ । मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र-५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च