१ चैत्र २०८२, आइतबार | March 15, 2026

भरतपुरको पुल्चोक–गोन्द्राङ सडक छ लेनको बन्ने



चितवन । चितवनको पुल्चोकदेखि गोन्द्राङसम्मको सडकलाई छ लेनको बनाउने काम अघि बढेको छ ।

सडक विस्तारका लागि निर्माण कम्पनी छनोट भएको छ । सडक डिभिजन भरतपुर कार्यालयका अनुसार सबैभन्दा कम आर्थिक प्रस्तावका आधारमा सडक निर्माणको जिम्मा इण्डो सगुन जेभीले पाएको हो ।

सडक डिभिजन भरतपुर कार्यालयका इञ्जीनियर विजय दराईले प्राविधिक प्रस्तावबाट आर्थिक प्रस्तावका लागि छनोट भएका १६ कम्पनीमध्ये कम आर्थिक प्रस्तावका आधारमा निर्माण कम्पनी छनोट भएको बताए । दुई अर्बको लागतमा सडक विस्तार हुने उनले जानकारी दिए ।

हाल दुई लेन रहेको छ किलोमिटर सडकखण्डलाई छ लेन बनाउन लागिएको हो । सडक सीमा ५० मिटरको चौडाइलाई प्रयोग गरेर सडक निर्माण गरिनेछ ।

नारायणगढ–बुटवल सडकखण्डकै आधारमा यो सडक निर्माण गरिने इञ्जीनियर दराईले बताए । सडकको दुवैतर्फ फुटपाथ, ढल, सर्भिस लने छुट्याइएको छ ।

यस्तै छुट्टै बोलपत्रमार्फत भरतपुर महानगरपालिकाले सडकको दुवैतर्फ स्मार्ट लाइट जडानको तयारी गरेको छ । सो सडकखण्डमा विद्युत् अण्डरग्राउण्ड गर्ने तयारी नेपाल विद्युत् प्राधिकरणले गरिरहेको छ ।

महानगरपालिकाभित्र हाल आँपटारीबाट केन्द्रीय बस टर्मिलन चोकसम्मको बाइपास सडक विस्तारको काम भइरहेको छ । पुल्चोक–गोन्द्राङ सडक विस्तारपछि नारायणगढ र भरतपुर बजार क्षेत्र व्यवस्थित हुने भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बताउनुभयो । यो सडक बनेपछि भरतपुरको स्वरूप नै परिवर्तन हुने उन भनाइ छ ।

प्रदेशसभा सदस्य विजय सुवेदीले सडकलाई सौन्दर्य अभिवृद्धिसहित आकर्षक हरियाली सडकका रूपमा विस्तार गरिने बताए । यो सडकले स्मार्ट सिटीको झल्को दिने उनले बताए ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  १० : १६ बजे

साभुङ-देउराली-केलादीघाटमार्ग : ठेक्का सम्झौता अन्त्य

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ-देउराली-केलादीघाट (कृष्ण मोटर मार्ग)

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही । लालबन्दी नगरपालिका-१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल

किसानलाई सिँचाइको समस्या

सुनसरी । सुनसरीका विभिन्न स्थानमा मकै र गहुँखेती गर्दै आएका

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’

भोजपुर । टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय

धार्मिक महत्वको लुङबुक गुफा

मुस्ताङ । मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र-५ फल्याक र धाकार्रजुङ गाउँमाथिको उच्च