२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

स्वास्थ्यकर्मीलाई सङ्क्रमण देखिएपछि सेवा बन्द



प्युठान । प्युठानमा एक स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीबाट प्रदान गरिने सेवा बन्द भएको छ ।

जिल्लाको सरुमारानी गाउँपालिका ढुङ्गेगढी स्वास्थ्यचौकीमा कार्यरत एक महिला स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको थियो । त्यसपछि बसेको गाउँपालिकास्तरीय सिएमसीको बैठकले स्वास्थ्यचौकीबाट प्रदान गरिने सेवा एक सातासम्म बन्द गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले जानकारी दिए ।

कोरोना सङ्क्रमण थप फैलिन नदिन तथा सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा आएका स्वास्थ्यकर्मी र अन्य व्यक्तिको स्वाब सङ्कलन गरी पठाउनका लागि स्वास्थ्यचौकीबाट प्रदान गरिएको सेवाहरु बन्द भएको हो ।

शनिबार प्रादेशिक जनस्वास्थ्य प्रयोगाशाला भैरहवामा परीक्षणका क्रममा स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ११ : २२ बजे

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन प्रतिपक्षी सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन तथा संसद्को अभिलेखबाट

महाधिवेशनसम्बन्धी गतिविधि रोक्न पार्टी र निर्वाचन आयोगलाई शशांकको पत्र

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले सर्वोच्च अदालतबाट पार्टीको वैधानिकता

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ ब्याजदरमै अटो लोन

काठमाडौ ।ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर

नेपाल मोबिलिटी एक्स्पो-२०२६ सुरु

काठमाडौं । आजदेखि नेपाल मोबिलिटी एक्स्पो–२०२६ काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको

प्रधानमन्त्री वालेन्द्र र सभामुख अर्यालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच मंगलबार