१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

खजुरा गाँउपालिकाका अध्यक्ष किस्मत कक्षपति सहित बाँकेमा थपिए २१ कोरोना संक्रमित



नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेमा २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय बाँकेले दिएका जानकारी अनुसार जिल्लामा १० महिला र ११ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

बाँकेमा आज थपिएका संक्रमितहरुमा बैजनाथ गाँउपालिकाका ८ जना, नेपालगन्ज उपमहानगरका बिभिन्न वार्डका ६ जना, खजुरा गांउपालिकाका  ४ जना र कोहलपुर नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको जिल्ला क्राईसिस मेनेजमेन्ट सेण्टरका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

आज आएको रिपोर्टमा बाँकेमा सर्वाधिक सक्रिय जनप्रतिनिधिकारुपमा परिचित खजुरा गाँउपालिकाका अध्यक्ष किस्मत कक्षपतिमा पनि कोरोना पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएलगत्तै खबरकुरासंग कुरा गर्दै खजुरा गाँउपालिकाका अध्यक्ष कक्षपतिले जनताको सेवा गर्दा गर्दै संक्रमित हुन पुगेपनि उच्च मनोबलका साथ कोरोना मुक्त भएर पुनः जनताको सेवामा आउने प्रतिबद्धता ब्यक्त गरे ।

आज थपिएसंगै बाँकेमा कुल संक्रमितको संख्या १४४० पुगेको छ जसमा ९९७ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने जिल्लामा ८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतबार  ६ : ०९ बजे

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी)

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

ललितपुर । काठमाडौं उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु