२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

‘सडक बालबालिका मुक्त राष्ट्र’ घोषणा गर्ने प्रधानमन्त्री ओलीको तयारी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिका देशको सुदूर भविष्य भएको बताएका छन् ।

उनले बालबालिकाको हक, हित र उनीहरूका अधिकारको संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । प्रधानमन्त्री ओलीले राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना सन्देश दिदै यस आर्थिक वर्षभित्रै नेपाललाई ‘सडक बालबालिका मुक्त राष्ट्र’ घोषणा गर्ने नीति सरकारले लिएको स्पष्ट पारे ।

उनले बालबालिका देशको सबल भविष्यका आधार हुन् भन्ने मान्यताप्रति सरकारको निष्ठाका कारण बाल अधिकार संरक्षणमा समर्पित रहेको चर्चा गरे । उनले यसअघिको पुस्ताले लामो सङ्घर्षमार्फत जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको चर्चा गँर्दै बालबालिकाको हितमा सरकारले काम गरिरहेको बताए ।

प्रधानमन्त्री ओलीले स्पष्ट पारे, “विकृति, पछौटेपन हटाउने, देशलाई एउटा स्वच्छ, समृद्ध, आधुनिक, सभ्य र पुुर्खाले कल्पना गरेअनुरूप ‘सर्वे भवन्तु सुखिनः’ (सबै सुखी होऊन्को) गन्तव्यमा पु¥याउन सरकार अग्रसर रहेको छ । ”

उनले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा बालबालिकाको भविष्य भएको चर्चा गरे । उनले भने, “यसको सफलता तपाईंहरूको जीवनको सफलतासँग गाँसिएको छ ।

नकारात्मक र हानिकारक विचार, प्रवृत्तिबाट बच्दै सकारात्मक र सिर्जनात्मक सक्रियता बढाउनुपर्छ । ” उनले कोभिड–१९ महामारीबाट बालबालिकाको जीवन र पठनपाठनमा गम्भीर असर पारेको चर्चा गर्दै महामारी परास्त गर्दै बालबालिकाको भविष्य सुरक्षित गरिने विश्वास
व्यक्त गरे ।

उनले सङ्कटको यस घडीमा बाल अधिकार र सुरक्षामा सक्रिय रहन सम्पूर्ण संयन्त्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्था, नागरिक समाजलाई आह्वान गरेका छन ।

प्रकाशित मिति : २९ भदौ २०७७, सोमबार  ७ : ११ बजे

विश्वकप क्रिकेट लिग दुई : स्कटल्याण्डले ब्याटिङ गर्दै

काठमाडौं । विश्वकप क्रिकेट लिग २ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्याण्डविरुद्धको

रास्वपा केन्द्रीय समिति बैठक बुधबार

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न समसामयिक विषयमा

सञ्चार सुविधा अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिकाको केन्द्र मुनामा सञ्चार सेवा अवरुद्ध

नयाँ सरकारको पहिलो नीति कार्यक्रम

काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि सुरु भएको छ

धादिङको बैरेनीमा तीन सवारी एकापसमा ठोक्किँदा ३७ जना घाइते, ३४ जना घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका-६ बैरेनीमा तीन वटा