४ पुस २०८२, शुक्रबार | December 19, 2025

बिहान बिहानै भूकम्पको कडा झड्का, कति रेक्टर स्केलको गयो ?



काठमाडौं । नेपालमा बुधबार बिहान भूकम्प गएको छ ।

बिहान ५ बजेर १९ मिनेटमा सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर गएको भूकम्प काठमाडौं उपत्यका लगायत देशका धेरै जिल्लामा महशुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले ६ रेक्टरस्केलको भूकम्प गएको जनाएको छ । तर, अमेरिकी जियोलोजिकल सर्भेले भने ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।

करिब १२ सेकेण्डसम्म महशुस गरिएको भूकम्पले धेरै मानिसहरूलाई तनाबमा पार्यो ।

२०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिका लगातार पराकम्पले त्रसित मानिसलाई सम्झाउने गरी आज भूकम्प गएको छ ।

प्राकृतिक विपत्तिले थिलोथिलो पारेको सिन्धुपाल्चोकमा पुन: भूकम्पको केन्द्र बनेर जमिन हल्लिदा त्यहाँ झन संकट उत्पन्न हुने देखिएको छ ।

२०७२ सालको भूकम्पबाट धाँजा फाटेको त्यहाँ पहिरोको विपत्ति निरन्तर जारि छ

प्रकाशित मिति : ३१ भदौ २०७७, बुधबार  ६ : १९ बजे

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता