८ बैशाख २०८१, शनिबार | April 20, 2024

किया मोटरले एनआईसी एशिया बैंकलाई फाइनान्स पार्टनर बनाउने



काठमाडौ । गतिशिल बैंकिङ्गको अभ्यास गर्दै आएको एनआईसी एशिया बैंक र किया ब्राण्डको नेपालका लागि आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ्ग इन्टरप्राइजेजबीच बैंकलाई फाइनान्स पार्टनर बनाउने समझदारी भएको छ ।

समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र कम्पनीको तर्फबाट सहायक निर्देशक आशिष पौडेलले हस्ताक्षर गरेका छन् ।

उक्त ब्राण्डका कार बिक्री गर्दा कम्पनीले बैंकलाई फाइनान्स पार्टनर बनाउने र बैंकले किया ब्राण्डका उपभोक्ताहरूलाई सवारी कर्जामा थप सहज प्रदान गर्ने समझदारी भएको हो ।

बैंकले ल्याएको सुपर चमत्कारिक सवारी कर्जामा वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण कर्जामार्फत किया ब्राण्डका कारहरू ग्राहकले खरिद गर्न सक्नेछन् ।

कन्टिनेन्टल ट्रेडिङ्ग इन्टरप्राइजेजद्वारा बिक्री गरिने किया ब्राण्डका कार खरिद गर्दा काठमाडौं उपत्यकाका उपभोक्ताहरूले प्रशासनिक शुल्क भुक्तानी गर्न नपर्ने आकर्षक सुविधा रहेको छ ।

यो सुविधा रातो प्लेटका निजी तथा व्यवसायिक प्रयोजनको लागि सवारी खरिद गर्न चाहनुहुने ग्राहकहरूले लिन सक्नेछन्

बैंकले उक्त चमत्कारिक सवारी कर्जामार्फत ग्राहकलाई आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्रै कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरेको छ ।

सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत अधिकतम रू. २ करोडसम्मको रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी खरिद गर्न सकिने व्यवस्था रहेको छ ।

बैंकले रातो नम्बर प्लेटका निजी प्रयोजनको सवारीका लागि ५० प्रतिशत तथा व्यवसायिक प्रयोजनका रातो नम्बर प्लेटको सवारीका लागि ८० प्रतिशत कर्जा प्रवाह गर्ने समझदारी बैंक र किया मोटरबीच भएको छ ।

यो सुविधा उक्त कम्पनीका देशभर रहेका सम्पूर्ण डिलरहरूबाट ग्राहक महानुभावहरूले लिन सक्नेछन् यस सँगै सवारी धितो राखेको हकमा ८ वर्षसम्म र सवारी तथा घरजग्गा दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको छ ।

बैंकको ‘सुपर चमत्कारिक सवारी कर्जा’ प्राप्त गरेपश्चात् पहिलो वर्षसम्म कर्जाको ब्याजदर परिवर्तन नहुने र यसको ग्यारेन्टीका निमित्त बैंक र ऋणीको बिचमा व्यवस्था हुने कर्जा प्रस्ताव पत्र र बैंकले ब्याजदर सम्बन्धी प्रतिबद्धता पत्रको व्यवस्था गर्नेछ ।

एक वर्षपछि बैंकले ८.२५ प्रतिशत वा बेसरेट ८.२५ प्रतिशतभन्दा बढी भएमा बेसरेट बराबर नै यस कर्जाको ब्याजदर कायम गर्ने व्यवस्था गरेको छ ।

यस्तै कर्जा सम्बन्धी सल्लाह, सुझावे गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने गर्नको लागि बैंकले ‘सवारी कर्जा सहायता डेस्क’ स्थापना गरेको छ ।

यसका लागि सवारी खरिद गर्न चाहने ग्राहकले ९८४१७६३५८५ नम्बरमा सिधै फोन गर्न सक्नेछन् । यस बाहेक ३४४८८ मा Loan टाइप गरी एस एम एस SMS गरी थप जानकारी प्राप्त गर्न सकिनेछ ।

साथै बैंकको टोल फ्रि नम्बर १६६०–०१–७७७७१ तथा इमेल ठेगाना  [email protected] मार्फत समेत कर्जाबारे जानकारी लिन सकिने व्यवस्था गरिएको छ ।

 

 

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ७ : २५ बजे

चिनिया आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ । एप्पलले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

चेन्नई सुपर किंग्सविरुद्ध लखनउको ८ विकेटको जित

काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न

एसीसी प्रिमियर कपमा तेस्रो स्थानको लागि आज नेपाल र हङकङ खेल्दै

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेल आज हुदैँछ

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुँदै

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि

आजको मौसम : देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै

काठमाडौं । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक