२९ मंसिर २०८२, सोमबार | December 15, 2025

गणेशमान सिंहको २३ औं स्मृति दिवसमा माल्यार्पण



बुटवल । नेपाली राजनीतिका आदर्श पुरुष एवं जनआन्दोलनका सर्वोच्च कमान्डर वीर गणेशमान सिंहको २३ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

लौहपुरुष गणेशमान सिंहको स्मृतिको अवसरमा आज बिहान बुटवलको नगर पार्टी कार्यालय गणेशमान स्मृती भवनमा रहेको गणेशमानको शालिकमा माल्यार्पण गरिएको छ ।

माल्यार्पण कार्यक्रममा बोल्दैप्रमुख अतिथि नेपाली कां‌ग्रेस रुपन्देही २ का क्षेत्रिय सभापति हरि लम्सालले नेपालमा प्रजातन्त्र पुनर्वहालीका लागि गणेशमान सिंहले खेलेको नेतृत्वदायी भूमिकाको स्मरण गरे ।

उक्त माल्यार्पण कार्यक्रममा कां‌ग्रेस नगर सभापति खेलराज पाण्डेयले वामपन्थीहरुसँग सहकार्य गरेर २०४६ सालको जन आन्दोलनलाई सफल बनाउन सुप्रिम कमाण्डरको भूमिका निर्वाह गरेका स्वर्गीय गणेशमान सिंहलाई नेपाल राष्ट्रले सर्वमान्य नेताको रुपमा स्मरण गर्दै आएको बताए ।

नगर सचिब ज्योति भण्डारीले सिंहले देशप्रतिको निःश्वार्थ र समपर्ण भाव अनुसार नेताहरु अघि बढे मुलुकले राम्रो निकास पाउने बताए । सभापति पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिब भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  १० : २० बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती