३० भदौ २०८३, मंगलबार | September 15, 2026

एनआईसी एशिया बैंक र खल्तीबीच सहकार्य, खल्ती मार्फत कर्जाको आवेदन दिन सकिने



काठमाडौ । डिजिटल फस्ट बैंक बन्ने अभियानमा लागेको एनआईसी एशिया बैंकले ग्राहकको सुविधाका लागि खल्ती डिजिटल वालेटमार्फत सुपर चमत्कारिक कर्जाहरूको आवेदन दिन सकिने सुविधा ल्याएको छ ।

बैंकले ग्राहकलाई सहजता पुर्याउने उद्देश्यले खल्ती डिजिटल वालेटसँग सहकार्य गरी कर्जाको आवेदन दिन सकिने सुविधा ल्याएको हो ।

बैंकले सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जाको आवेदन खल्ती डिजिटल वालेटबाट जुनसुकै स्थानबाट जुनसुकै समयमा आवेदन दिन सकिने व्यवस्था गरेको जनाएको छ ।

साथै वालेटभित्र रहेका यस बैंकको सुपर चमत्कारिक कर्जाहरूको आइकनमा ट्याप गरेर तीन किसिमका कर्जामध्ये आफुलाई चाहिएको कर्जाका लागि आवेदन दिन सक्ने व्यवस्था पनि गरिएको छ ।

यस्तै बैंकको मोबाईल बैंकिङ्ग (MO-BANK) सुविधा लिएका ग्राहकले आफ्नो बैंक खातामा खल्ती डिजिटल वालेटलाई लिंक गरेमा १४ आश्विन २०७७ सम्म रू. ५० नगद उपहार प्राप्त गर्न सकिने व्यवस्था खल्ती वालेटले गरेको छ ।

खातामा वालेटलाई जोडेपश्चात् वालेटमार्फत वस्तु तथा सेवा खरिद गर्दा लागत रकम सिधै बैंक खाताबाट भुक्तानी गर्न सकिने व्यवस्था रहको छ ।

यसरी प्राप्त आवेदनहरू खल्ती डिजिटल वालेटले यस बैंकलाई पठाउने र बैंकले आवश्यक थप प्रक्रिया पु¥याई सम्पूर्ण कागजात बुझिलिएको ४८ घण्टाभित्र सम्बन्धित आवेदकलाई कर्जा प्रवाह गर्ने व्यवस्था मिलाएको छ ।

आवेदकको कर्जा स्वीकृतिको अवस्थाको बारेमा यस बैंकले एसएमएस (SMS) बाट जानकारी गराउनेछ र आवेदक स्वयम्ले समेत यस बैंकको वेबसाइट www.nicasiabank.com मा गई Loan Status आफै Track गर्न सकिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ५ : ५६ बजे

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-१ मा रहेको मणिबराही युवा क्लबले

यसपटक तीजमा बजेनन्, मादल र बाँसुरी

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-७ खर्चवामा बर्सेनि तीजको समयमा मादल

दूध उत्पादन बढाउन अनुदान

तनहुँ । तनहुँमा दूध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले

भेरी अस्पतालमा शवगृह विस्तार गरिने

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा कम्तीमा ५० शव राख्न सकिने

हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा