१८ बैशाख २०८३, शुक्रबार | May 2, 2026

माछापुच्छ्रे बैंकले गर्यो भारत स्थित ओम एक्सप्रेस पेमेन्टसँग रेमिट्यान्स सम्झौता



काठमाडौं । माछापुच्छ्रे बैंक र भारत स्थित ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज बीच रेमिट्यान्स सम्झौता भएको छ ।

रोजगारी तथा अन्य सिलसिलामा भारतमा रहेका नेपालीहरुले नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यले बैंक र ओम एक्सप्रेस पेमेन्ट सर्भिसेज बीच रेमिट्यान्स सम्झौता भएको हो ।

सम्झौतापछि भारतमा रहेका नेपालीहरुले ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँग सम्पर्क गरि भारतका जुनसुकै स्थानबाट नेपालमा सहज रुपमा पैसा पठाउन सक्नेछन् ।

यसरी पठाएको पैसा नेपालमा रहेका माछापुच्छ्रे बैंकका १५९ शाखा कार्यालयहरु तथा १० हजार भन्दाबढी रेमिट्यान्स एजेन्टहरु मार्फत प्राप्त गर्न सकिनेछ ।

यस्तै ओम एक्सप्रेस पेमेन्ट सर्भिसेजसँग सहकार्य गरि माछापुच्छ्रे रेमिट्यान्समार्फत नेपालमा पैसा पठाउदाँ कम सेवा शुल्क लाग्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार  ७ : २८ बजे

थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार थप १९ जना डाक्टरको

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि