१ पुस २०८२, मंगलबार | December 17, 2025

नारायणी नदीले बगाउँदा बाबुछोरी बेपत्ता



कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा नारायणी नदीले बगाउँदा बाबुछोरी बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा मध्यविन्दु नगरपालिका–१५ भिउरानका ४५ वर्षीय भुपाल क्षेत्री र उनकी १४ वर्षीया छोरी सुजिता क्षेत्री रहेका छन् ।

नारायणी र अरुण खोलाको दोभानमा नदीले बगाएर ल्याएका दाउरा झिक्ने क्रममा सो नदीले बगाउँदा आज बाबुछोरी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।

उनका अनुसार क्षेत्रीका श्रीमती सानीलाई समेत नदीले बगाउँदा तत्काल स्थानीयले उद्धार गर्न सफल भएका थिए ।

बेपत्ता बाबुछोरीको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ७ : १४ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष