१ चैत्र २०८२, आइतबार | March 16, 2026

काठमाडौंमा संक्रमण रफ्तार झन बढ्दै, उपत्यकामा मात्रै ७६७ जना संक्रमित थपिए



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढ्ने रफ्तार झन पछि झन बढ्दैछ ।

आइतबार देशभर १३ सय २५ संक्रमित थपिँदा उपत्यकामा मात्रै ७६७ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार काठमाडौंमा मात्रै ६०२ जना संक्रमित थपिएका छन् ।

भक्तपुरमा १०१ जना संक्रमित बढेका छन् । यस्तै ललिलतपुरमा ६४ जनामा संक्रमण पुष्टि भएको छ ।

देशभर जम्मा ९ हजार ५८४ पीसीआर गर्दा १३ सय २५ संक्रमित थपिँदा काठमाडौंमा मात्रै ५० प्रतिशत भन्दा बढी संक्रमित थपिनुले उपत्यकाभित्र संक्रमणको भयावह अवस्थालाई प्रष्टयाउँछ ।

सबैतिर खुला भएको अवस्थामा आफ्नो र आफ्नो परिवारको स्वास्थ्य अवस्थामा ध्यान नदिने हो भने उपत्यकाभित्रका जो सुकै पनि संक्रमित बन्न सक्ने अवस्था देखिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ४ : ३७ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन