१६ चैत्र २०८२, सोमबार | March 31, 2026

पर्यटकीय नगरी पोखरामा छैन पर्यटन वर्षको रौनक



पोखरा । पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन ।

हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा पर्यटक लक्षित विभिन्न कार्यक्रमको तयारीमा जुट्ने यहाँका पर्यटनसम्वद्ध सङ्घसंस्थाले यस वर्ष भने कोभिड–१९ कारण पर्यटन केन्द्रित कार्यक्रमको आयोजना गरेका छैनन् ।

हरेक वर्ष सेप्टेम्बर २७ मा बाजागाजा, झाँकीसहित पोखरा विमानस्थल र पर्यटक बसपार्कमा पर्यटकलाई ढाकाटोपी र दोसल्लासहित भव्य स्वागत गरेर कार्यक्रम गर्दै आएकामा यस वर्ष कुनै पनि कार्यक्रम नगरेको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए ।

उनले भने, “हामीले यस वर्ष पर्यटक लक्षित कार्यक्रम राखेनौँ, कोभिड–१९ ले आन्तरिक तथा बाह्य पर्यटकको आगमन शून्य छ, भीडभाडमा कोरोनाको जोखिम पनि उच्च रहने भएकाले यस वर्ष औपचारिक कार्यक्रम नगर्ने निर्णयमा पुगेका हौँ ।”

पोखरेलले पर्यटन क्षेत्र चलायमान र भावी रणनीतिका विषयमा व्यवसायीबीच भर्चुअल अन्तक्र्रिया गरिने जानकारी दिए ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल टान पश्चिमाञ्चलले भने ग्रामीण पर्यटन प्रवद्र्धनलाई जोड दिएर विश्व पर्यटन दिवस मनाउँदै आएकामा यस वर्ष फेवाताल पारी एक कार्यक्रमको आयोजना गरेर मनाउन लागेको टानका अध्यक्ष हरि भुजेलले जानकारी दिए ।

भुजेलले भने, “सेप्टेम्बर २७ ग्रामीण पर्यटनलाई जोड दिएर ग्रामीण भेगमा नै पुगेर भव्यरूपमा कार्यक्रम गर्दै आएका थियौँ, तर अहिले कोभिड–१९ का कारण गाउँ केन्द्रित कार्यक्रम गर्न असमर्थ भयौं । यस वर्ष प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा फेवातालपारि किनारमा ‘फेवा फुट ट्रेल–वस्तुगत अध्ययन’ साथै कोभिडपछिको पर्यटन विषयलाई केन्द्रित गरेर कार्यक्रम तय गरेका छौं ।”

भुजेलले फेवाताल पर्यटकको प्रमुख गन्तव्य स्थलकारुपमा रहे पनि आवश्यक पूर्वाधारको अभावले थप आकर्षक बन्न नसकेको जनाउँदै प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षणका लागि कार्यक्रम गर्न लागेको जानकारी दिए ।

उनका अनुसार फेवातालमा प्याडल डुङ्गामार्फत तालपारी रानीवनमा रहेका चिसापानी र मेवाखोलाको झरनाको अवलोकन साथै तालछेउमा गएको पहिरोको स्थलगत अवलोकन गरेर आवश्यक संरक्षणका लागि समेत पहल गरिने छ ।

पर्यटन बोर्ड गण्डकी प्रदेशको सहकार्यमा आयोजित उक्त कार्यक्रममा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका मन्त्री विकास लम्साल, पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी, पर्यटनविद्, सरोकारवाला व्यक्ति, सञ्चारकर्मी सामाजिक दूरी कायम गरेर छुट्टाछट्टै डुङ्गाबाट सो स्थानमा पुगेर अवलोकन गर्ने कार्यक्रम रहेको टानका सचिव जीवनराज सापकोटाले जानकारी दिए ।

पर्यटन मन्त्रालय पोखराको २०१९ को तथ्याङ्कअनुसार पोखरामा दुई लाख ९८ हजार पर्यटक आएको अभिलेख रहेको पर्यटक संयोजक जुद्ध गुरुङले जानकारी दिए ।

अभिलेखमा थुप्रै पर्यटक छुटेकाले करिब चार लाख पर्यटक आएको हुनसक्ने उनको अनुमान छ । त्यसैगरी गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा पाँच खर्ब ९३ अर्ब ९२ करोड ५६ लाख ११ हजार लगानी रहेको छ ।

पर्यटकको बसाइ दुईदेखि तीन दिन र खर्च सरदर पाँच हजार रहेको उहाँको भनाइ छ । पोखरामा हाल करिब २०० देखि २५० को हाराहारीमा विदेशी पर्यटक रहेको अनुमान पर्यटन व्यवसायीको रहेको छ ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ५ : २५ बजे

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

बुटवलमा आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

बुटवल । बुटवलमा आठौं बुटवल राष्ट्रिय खुल्ला लन टेनिस तथा

प्रमुख प्रशासकीय अधिकृतबिहिन स्थानीयतहका ६३ स्थानमा सरकारले पठायो उपसचिवहरु (सूचीसहित)

काठमाडौँ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित