४ बैशाख २०८१, मंगलबार | April 16, 2024

आईपीएल २०२० : पञ्जावमाथि राजस्थानको रोमाञ्चक जित



काठमाडौं । १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० अन्तर्गत राजस्थान रोयल्स विजयी भएको छ ।

आइतबार सम्पन्न खेलमा राजस्थानले किङ्स इलावेन पञ्जावलाई ४ विकेटले पराजित गरेको हो ।

२ सय २४ रनको विशाल लक्ष्य पाएको राजस्थानले ३ बल बाँकी रहँदा लक्ष्य भेट्टाएको थियो । राजस्थानकाे जितमा सञ्जु सामसनले ८५, राहुल तेवाटियाले ५३, स्टेभन स्मिथले ५० तथा जोफ्रा आर्चरले रनको पारी खेले ।

१८ बलमा ५१ रन चाँहिएको अवस्थामा पञ्जावका शेल्डोन कोटरेलको ओभरमा तेवाटियाले पाँच छक्का प्रहार गर्दै जित नजिक पुर्याएका थिए ।

यसअघि, शारजाह क्रिकेट स्टेडियमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको राजस्थानले २ विकेटको क्षतिमा २ सय २३ रन बनाएको थियो । पहिलो विकेटका लागि मयंक अग्रवाल र केएल राहुलले १ सय ८३ रनको साझेदारी गरेपछि विशाल रन बनाएको थियो ।

अग्रवालले ५४ बलमा ७ छक्का र १० चौकाको मद्धतमा १ सय ६ रनको शतकीय पारी खेले । यसैगरी, केएल राहुलले ६९ तथा निकोलास पूरन र ग्लेन म्याक्सवेलले नटआउट २५ र १३ रनको योगदान दिए । राजस्थानका अंकित राजपुत र टोम कुरानले एक-एक विकेट लिए ।

जितसँगै राजस्थान अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । दुई खेलबाट ४ अंक जोडेको दिल्ली क्यापिटल्स रनरेटको आधारमा शीर्ष स्थानमा रहेको छ । यसैगरी, दुई अंकसहित पञ्जाव, मुम्बइ इन्डियन्स, कोलकात्ता नाइट राइडर्स, चेन्नइ सुपर किङ्स र रोयल च्यालेञ्जर्स बेङ्गलोर क्रमशः तेस्रो, चौथो, पाँचौं, छैटौं र सातौं स्थानमा रहेका छन् भने जितविहीन सनराइजर्स हैदरावाद पछारमा रहेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ६ : ५३ बजे

सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध मुद्धा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  सामाजिक विकास कार्यालय, डोल्पाका

दुई चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ- बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले

माओवादी केन्द्र र नेसपा एकता प्रक्रिया अगाडी बढाउन मोडालिटी तयार गर्ने निर्णय

काठमाडौं ।नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले पार्टी एकताका

तोलामा रु एक हजार सात सयले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य आज प्रतितोला

भारतीय काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता

श्रीनगर । भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि