१४ फाल्गुन २०८०, सोमबार | February 26, 2024

नेपालगञ्जको ‘वाटरपार्क’ छिट्टै सञ्चालनमा आउने



नेपालगन्ज । नेपालगञ्जको धम्बोझी–१ स्थित वाटरपार्कलाई नगरकै महत्वपूर्ण पर्यटकीयस्थलका रुपमा विकास गर्न लागिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालका अनुसार, वाटरपार्कको कूल ६५ बिघा क्षेत्रफलमध्ये १० बिघा तलाउ नौकाविहारका लागि प्रयोगमा ल्याइएको छ । “नौकाविहार, चमेनागृह र माछापालनका लागि ठेक्कासमेत भइसकेकाले केही दिनभित्र सञ्चालनमा आउने छ”, उनले भने।

तलाउलाई पौडी पोखरीका रुपमा समेत विस्तार गरिएको छ । पार्कमा आकर्षक र मनमोहक फूलवारी, चिल्ड्रेनपार्क, व्यापारी प्रयोजनका पसलकोठा लगायतका संरचना निर्माण भएका छन् ।

यसैगरी वाटरपार्क क्षेत्रभित्र १६ देखि ६ मिटरसम्मको पक्की सडक निर्माण गरिएको छ । यसका साथै नेपालगञ्जको सुर्खेत सडकदेखि बर्दियाको गुलेरिया सडक जोड्ने २१ मिटर चौडाइको मुख्य सडक पनि पार्कसँग जोडिएको छ ।

नेपालगञ्जको वाटरपार्क निर्माणको योजना १२ वर्षअघि तयार गरिएको थियो । २०६५ सालमा शुरु भएको यो योजना शुरुआती चरणमा जग्गा अधिग्रहणका क्रममा स्थानीयवासीसँग कुरा नमिल्दा यसको निर्माण झण्डै पाँच वर्ष पर धकेलिएको थियो । जग्गा अधिग्रहणमा कुरा मिलेपछि समग्र निर्माणको कामले अहिले गति लिएको छ ।

जग्गा अधिग्रहण गरिएकालाई अहिले अस्थायी जग्गाधनी पूर्जा वितरण भइरहेको छ । “यो योजनाको अनुमानित लागत ७० करोड हो । अबको दुई वर्षभित्र पार्क क्षेत्रको निर्माण सक्ने हाम्रो लक्ष्य छ”, नेपालगञ्ज नगर विकास समितिका अध्यक्षसमेत रहनुभएका नगरप्रमुख डा धवलशम्शेर राणाले भने ।

पश्चिम नेपालकै नमूनाका रुपमा रहेको वाटरपार्क निर्माणमा बजेटको निकासा रोकिएन र अन्य व्यवधान आएन भने समयभित्रै निर्माण सक्ने समितिको लक्ष्य छ । निर्माणको काम छिटो सक्न पाँचवटा ब्लक खडा गरिएको छ ।

प्रत्येक ब्लकलाई छुट्टाछुट्टै कामको जिम्मेवारी पनि तोकिएको छ । वाटरपार्कमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्ने, आर्थिक विकासको आधार बलियो बनाउने र नेपालगञ्जको पहिचानलाई थप उचाइमा पु¥याउन यहाँका जनप्रतिनिधि, नागरिक समाज, राजनीतिक दल र सर्वसाधारणसमेत एकमत छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ४ : ०४ बजे

अध्यागमन विधेयक बहुमतले स्वीकृत भई राष्ट्रिय सभाबाट फिर्ता

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभामा विचाराधीन ‘अध्यागमन विधेयक, २०७६ फिर्ता

लुम्बिनी प्रादेशिक अस्पतालको योजनाबारे एमाले उपाध्यक्ष बिष्णु पौडेलले भने- कुनै बहानामा विलम्ब नहोस्

बुटवल । पूर्व उपप्रधान एवं अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष

पाकिस्तानी राष्ट्रपतिद्वारा गरिबी र कुपोषणविरुद्ध एकजुट भएर लड्न आग्रह

इस्लामावाद । पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले गरिबी, कुपोषण, वृद्धावस्था र

देवदहका नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

देवदह । झण्डै २ घण्टाको घम्साघम्सीपछि अन्ततः देवदह नगरपालिकाका प्रमुख

संसदमा आगामी बजेटका सिद्धान्त र प्राथमिकता पेस

काठमाडौं। संसदमा आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’