५ श्रावण २०८३, मंगलबार | July 22, 2026

असोज १९ देखी तातोपानी नाका खुल्ने



काठमाडौं । तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन चीन सकारात्मक भएको हो ।

मङ्गलबार बसेको नेपाल–चीन व्यापार संयुक्त कार्यदलको पहिलो अनलाइन बैठकमा कोरोना भाइरस (कोभिड-१९)को परिस्थितिमा सुरक्षात्मक रूपमा नाका सञ्चालन गर्न छलफल भएको थियो । छलफलमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहाल र चीनका तर्फबाट चिनियाँ वाणिज्य मन्त्रालयका एसिया मामिला विभागका महानिर्देशक पेङ गाङले नेतृत्व गरका थिए । चीनको केन्द्रीय तहमै भएको यो पहिलो छलफल पनि हो ।

छलफलमा नाका सञ्चालनको विषयमा चीनले सुरक्षालाई मुख्य चासोको विषय बनाएको सहसचिव दाहालले जानकारी दिए। “नाकामै पीसीआर ल्याब राख्नुपर्ने, निरन्तर डिस्इन्फेक्ट गर्नुपर्ने, कामदारलाई क्वारेन्टाइनमा राख्नुपर्ने, नियमित सुरक्षाजाँच गर्नुपर्ने जस्ता विषयमा चिनियाँ पक्षको चासो थियो”, उनले भने । नेपालले यी सबै विषय पालना गर्ने तर निःसर्त नाका खोल्नुपर्ने प्रस्ताव राखेको उनले बताए।

नेपालको प्रस्तावमा चीनले तत्काल सीमित मात्रामा खोल्ने र नेपालको तयारी हेरेर आश्वस्त भएपछि सामान्य रूपमै नाका सञ्चालन गर्ने जनाएको उनले जानकारी दिए । त्यस्तै दुवै पक्षबीच अन्य नाका पनि पूर्वाधार निर्माण गरेर सञ्चालन गर्ने विषयमा समझदारी बनेको छ ।

कृषिजन्य सामग्रीको क्वारेन्टाइन परीक्षण तथा मासुसमेत निर्यातका लागि एकीकृत प्लान्ट र ‘मल्टिफङ्स्नल ल्याब’ सञ्चालन गर्ने विषयमा समेत दुई पक्षबीच छलफल भएको थियो । कृषि तथा पशुुपन्छी विकास मन्त्रालयमार्फत नेपालले आफ्नो धारणा दिने र त्यसमा चिनियाँ पक्षले निर्माणमा सहयोग गर्नुपर्ने प्रस्ताव नेपालले राखेको थियो ।

त्यस्तै ‘ड्युटी फ्री’अन्तर्गत नेपालले चीन निर्यात गर्न सक्ने आठ हजार ३० वटा सूचीमध्ये २४७ वस्तु मात्र निर्यात भएको अवस्थामा चीन तर्फको आयात सूचीमा नसमेटिएका कृषिजन्य, हर्बल र मासुलाई समेट्न चीन सकारात्मक भएको छ । यसरी चीनले आयात सूचीमा नसमेट्दा नेपालमा उत्पादित वस्तु तेस्रो देश हुँदै चीन निर्यात भइरहेको छ ।

नेपालले त्यस्ता १८८ वटा वस्तु आयात सूचीमा समेट्न र नेपालबाटै सीधै चीन निर्यात गर्न पाउन गरेको प्रस्तावमा चीनले तत्काल यो विषय सम्बोधन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ७ : १५ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं