५ श्रावण २०८३, मंगलबार | July 22, 2026

नेपालमा कोरोना संक्रमण दर भारतभन्दा दोब्बर



काठमाडौं । भारतले सेप्टेम्बर २८ मा ११ लाख ४२ हजार ८ सय ११ जनाको पीसीआर परीक्षण गरेको थियो। त्यसमा ७० हजार ५ सय ८९ जनामा पोजिटिभ पाइयो । यो ६.१७ प्रतिशत हो ।

त्यही दिन नेपालमा १० हजार ८० जनाको परीक्षण गरिएको थियो। तीमध्ये १ हजार ३ सय ५१ जनाको पोजिटिभ रिपोर्ट आयो । त्यो १३.४० प्रतिशत हो ।

केही यताको सरदर परिणाम दुवै देशको यस्तै छ । बुधबार १२ हजार २ सय ५ जनाको परीक्षण रिपोर्ट सार्वजनिक गरिएकामा १ हजार ५ सय ५९ जनामा पोजिटिभ पाइयो । यो १२.७७ प्रतिशत हो । त्यसअघि मंगलबार १४.०५ र आइतबार १५.५३ प्रतिशतमा संक्रमण पाइएको थियो ।

स्वास्थ्य मन्त्रालयका विज्ञ डा. सुरेश तिवारीका अनुसार १२ प्रतिशतभन्दा माथिमा पोजिटिभ पाइएमा परीक्षण व्यापक विस्तार गरिनुपर्छ । यसको अर्थ समुदायमा निकै फैलिइसकेको भन्ने लाग्छ । नेपाल त्यो चरणमा प्रवेश गरेको छ ।

अघिल्लो महिनासम्म भारतको संक्रमण दर नेपालको भन्दा झन्डै दोब्बर थियो । अहिले ठीक उल्टो अवस्था आएको छ । नेपालको दर भारतको भन्दा दोब्बर मात्र होइन, अझ बढी भइसकेको छ । उक्त समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ७ : ४४ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं