१२ श्रावण २०८१, शनिबार | July 27, 2024

आईपीएल २०२० : पञ्जावमाथि ४८ रनले विजयी हुँदै मुम्बइ शीर्ष स्थानमा



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल ) २०२० मा मुम्बइ इन्डियन्स विजयी भएको छ ।

बिहीबार सम्पन्न खेलमा मुम्बइले किङ्स इलावेन पञ्जावलाई ४८ रनले पराजित गरेको हो । जितसँगै मुम्बइ अंक तालिकाकाे शीर्ष स्थानमा उक्लिएकाे छ ।

१ सय ९२ रनको लक्ष्य पच्छाएको पञ्जावले १ सय ४३ रन मात्र बनाउन सक्यो । पञ्जावका निकोलास पूरनले ४४, मयंक अग्रवालले २५, कृष्णप्पा गौतमले २२,केएल राहुलले १७ तथा ग्लेन म्याक्सवेलले ११ रनको पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

पञ्जावलाई कम रनमा राेक्ने क्रममा मुम्बइका जसप्रीत बुम्राह, राहुल चाहर, जेम्स प्याटिन्सनले समान दुई दुई तथा ट्रेन्ट बोल्ट र क्रुणाल पाण्ड्याले १-१ विकेट लिए ।

यसअघि, अबुधाबीमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको मुम्बइले निर्धारित २० ओभरमा १ सय ९१ रन बनाएको थियो । मुम्बइका ओपनर रोहित शर्माले कप्तानी पारीमा मुम्बाइले १ सय ९१ रनको योगफल बनाएको थियो । शर्माले ४५ बलमा ३ छक्का र ४ चौकाको सहयोगमा ७० रन बनाए । यस्तै, इशान किशनले २८ रनको योगदान दिए ।

खेलको अन्त्यतिर मुम्बइका अलराउन्डर किरोन पोलार्ड र हार्दिक पाण्ड्याले आक्रामक पारी खेले । उनीहरुले २३ बलमा ६७ रनको अर्धशनकीय साझेदारी गरे । पोलार्ड ४१ र पाण्ड्या ३० रनमा नटआउट रहे । पञ्जावका शेल्डोन कोटरेल, मोहम्मद शामी र कृष्णप्पा गौतमले समान १-१ विकेट लिए ।

जितसँगै मुम्बइ लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान ४ अंक रहेपनि रनरेटका आधारमा मुम्बइ पहिलो, दिल्ली दोस्रो र कोलकात्ता तेस्रो स्थानमा रहेको छ । मुम्बइसँग पराजित भएको पञ्जाव २ अंकसहित छैटौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ६ : ४१ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान