३ आश्विन २०८३, शनिबार | September 19, 2026

आईपीएल २०२० : पञ्जावमाथि ४८ रनले विजयी हुँदै मुम्बइ शीर्ष स्थानमा



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल ) २०२० मा मुम्बइ इन्डियन्स विजयी भएको छ ।

बिहीबार सम्पन्न खेलमा मुम्बइले किङ्स इलावेन पञ्जावलाई ४८ रनले पराजित गरेको हो । जितसँगै मुम्बइ अंक तालिकाकाे शीर्ष स्थानमा उक्लिएकाे छ ।

१ सय ९२ रनको लक्ष्य पच्छाएको पञ्जावले १ सय ४३ रन मात्र बनाउन सक्यो । पञ्जावका निकोलास पूरनले ४४, मयंक अग्रवालले २५, कृष्णप्पा गौतमले २२,केएल राहुलले १७ तथा ग्लेन म्याक्सवेलले ११ रनको पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

पञ्जावलाई कम रनमा राेक्ने क्रममा मुम्बइका जसप्रीत बुम्राह, राहुल चाहर, जेम्स प्याटिन्सनले समान दुई दुई तथा ट्रेन्ट बोल्ट र क्रुणाल पाण्ड्याले १-१ विकेट लिए ।

यसअघि, अबुधाबीमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको मुम्बइले निर्धारित २० ओभरमा १ सय ९१ रन बनाएको थियो । मुम्बइका ओपनर रोहित शर्माले कप्तानी पारीमा मुम्बाइले १ सय ९१ रनको योगफल बनाएको थियो । शर्माले ४५ बलमा ३ छक्का र ४ चौकाको सहयोगमा ७० रन बनाए । यस्तै, इशान किशनले २८ रनको योगदान दिए ।

खेलको अन्त्यतिर मुम्बइका अलराउन्डर किरोन पोलार्ड र हार्दिक पाण्ड्याले आक्रामक पारी खेले । उनीहरुले २३ बलमा ६७ रनको अर्धशनकीय साझेदारी गरे । पोलार्ड ४१ र पाण्ड्या ३० रनमा नटआउट रहे । पञ्जावका शेल्डोन कोटरेल, मोहम्मद शामी र कृष्णप्पा गौतमले समान १-१ विकेट लिए ।

जितसँगै मुम्बइ लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान ४ अंक रहेपनि रनरेटका आधारमा मुम्बइ पहिलो, दिल्ली दोस्रो र कोलकात्ता तेस्रो स्थानमा रहेको छ । मुम्बइसँग पराजित भएको पञ्जाव २ अंकसहित छैटौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ६ : ४१ बजे

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत